स्मार्ट फोनको दुनियाँमा सोनिको तहल्का

१४ असार २०७०, शुक्रबार २०:४५ मा प्रकाशित

एजेन्सी । स्मार्टफोन बजारमा सामसङको दबदबा अन्त्य गर्ने उद्देश्यका साथ सोनीले ६ दशमलव ४ इञ्चको वाटरफ्रुफ एन्ड्रोइड स्मार्टफोन एक्स्पेरिया जेड अल्ट्रा ल्याएको छ। एस्कपेरिया अल्ट्रा अहिले बजारमा भएकामध्ये सबैभन्दा स्लिम स्मार्टफोन भएको सोनीले दाबी गरेको छ। 
सामसङले २०१३ को सुरुमा ग्यालेक्सी एस-४ तथा ६ दशमलव ३ इञ्चको स्क्रिन भएको ग्यालेक्सी मेगाफोन ल्याएको थियो। सोनीको ५ इञ्चको स्क्रिन भएको एक्स्पेरिया जेड २०१३ को सुरुतिरै बजारमा ल्याएको थियो । एक्स्पेरिया जेड अल्ट्रालाई सोनीले सबैभन्दा पहिला संघाइको मोबाइल एशिया एक्स्पोमा प्रस्तुत गरेको छ। इन्डोनेसिया तथा सिंगापुरमा यो स्मार्टफोन जुलाइदेखि बजारमा पुग्ने बताइएको छ। सोनीले सेप्टेम्बरदेखि एक्स्पेरिया अल्ट्रालाई युरोपको बजारमा पुर्याउनेछ।
६ दशमलव ५ मिमी मोटाइ भएको एक्सपेरिया जेड अल्ट्रा बजारमा उपलब्ध सबैभन्दा स्लिम हुवावेको एसेन्ड पी-६ भन्दा केही पातलो छ। यो फोनलाई पानीबाट बचाउनका लागि हेडफोन सकेट कभर आवश्यक पर्दैन। अघिल्लो एक्सपेरिया जेडमा कभरको राख्नुपर्थ्यो तर त्यसमा उपभोक्ताको गुनासो आएपछि नयाँ मोडेलमा सोनीले त्यसमा सुधार गरेको हो। एक्सपेरिया जेड अल्ट्रा पानीमा निकै बेरसम्म डुबे पनि केही हुँदैन। फूल चार्ज ब्याट्रीले ११ घण्टासम्म लगातार कुराकानी गर्न सकिने यस फोनमा १२० घण्टा अडियो सुन्न सकिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले बढ्दो आपराधिक क्रियाकलाप रोक्न कडा कारबाहीको व्यवस्थासहितको साइबर सुरक्षा ऐन/नियम बनाएर त्यसको प्रभावकारी कार्यान्वय गर्नुपर्ने

काठमाडाैँ । एफटीटीएच उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानमा दु्रत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल

काठमाडौँ।तीव्र गतिको इन्टरनेट ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल दुई करोड ७७ लाख ६

काठमाडौं । नेपाली स्याटेलाइट ‘स्यानोस्याट–१’लाई बिहीबार राती ९ बजेर १५ मिनेटमा स्पेस–एक्सको फाल्कोन–९ रकेटबाट पृथ्वीको कक्षमा प्रक्षेपण गरिने भएको छ