स्वास्थ्य परीक्षण गराएर फर्किए राष्ट्रपति

१४ असार २०७०, शुक्रबार २०:३४ मा प्रकाशित

काठमाडौं, १४ असार । राष्ट्रपति डा. रामवरण यादव जापानको टोकियो विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराई शुक्रबार स्वदेश फर्किएका छन्। ठूलो आन्द्रामा समस्या देखिएपछि मेडिकल बोर्डको सिफारिसमा स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति डा यादव यही असार ३ गते त्यसतर्फ गएका थिए। आन्द्रामा समस्या देखिएपछि थप स्वास्थ्य परीक्षण र उपचारका लागि मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति डा यादवलाई जापान पठाउने निर्णय गरेको थियो। राष्ट्रपतिलाई स्वागत गर्न मन्त्रिगण, उच्चपदस्थ सरकारी अधिकारी र कूटनीतिक नियोगका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु विमानस्थल पुगेका थिए। राष्ट्रपतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति परमानन्द झा र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले स्वागत गरेका थिए।
स्वदेश फर्किएपछि सञ्चारकर्मीको जिज्ञासामा राष्ट्रपति डा. यादवले आफ्नो स्वास्थ्यमा शङ्का गरिएको लक्षण विभिन्न परीक्षणबाट नदेखिएकाले सबै शङ्का निदान भएको जानकारी दिए। आफूलाई अहिले कुनै समस्या नरहेको बताउदै उनले सबै रोग निराकरण भएकाले खुसी रहेको बताए। उनले अस्पताल बसाइको क्रममा स्वदेशी तथा विदेशका नेपाली दाजुभाइ दिदीबहिनीबाट प्राप्त सद्भाव, प्रेम र शुभेच्छाप्रति आभार व्यक्त गर्दै राष्ट्रपति डा यादवले स्वास्थ्य परीक्षणका क्रममा जापान सरकार र सम्बन्धित चिकित्सकबाट प्राप्त शिष्टाचार र सहयोगको सराहना गरेका थिए।
टोकियो विश्वविद्यालय शिक्षण अस्पतालमा असार ४ गतेदेखि उहाँको स्वास्थ्य परीक्षण सुरु भएको थियो। सोही अस्पतालमा राष्ट्रपति डा. यादवको सम्पूर्ण स्वास्थ्य परीक्षण पूरा गरिएको हो। कोलोनोस्कोपी, इन्डोस्कोपी, सिटी स्क्यानलगायत सबै परीक्षण गरेर राष्ट्रपतिको विस्तृत स्वास्थ्य परीक्षण प्रतिवेदन अस्पतालले निकालेको थियो। उक्त विश्वविद्यालयका प्राध्यापक तोसिकाई वातानावे नेतृत्वको विशेषज्ञ चिकित्सक टोलीले उनको स्वास्थ्य परीक्षण गरेको हो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र