अवैध रुपमा अकुत आर्जन गर्नेहरु अख्तियारको छानबिनमा

१४ असार २०७०, शुक्रबार २०:२५ मा प्रकाशित

काठमाडौं, १४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी निकायमा रही अकुत र अविश्वसनीय आर्जन गर्ने विभिन्न कर्मचारीहरुको सम्पत्तिमाथि छानबिन सुरु गरेको छ । छानबिनमा परेका कर्मचारीहरुमा नेपाल आयल निगमका वतीराज पौडेल, रविनचन्द्र अधिकारी, रविनकुमार शर्मा, वीरेन्द्र गाइत र मुकुन्दप्रसाद घिमिरे, सशस्त्र प्रहरी महानिरीक्षक कोषराव वन्त, एसएसपी चिरञ्जीवी अधिकारी, एसपी श्यामकाजी कुँवर र गोपीमान श्रेष्ठ, नेपाल प्रहरीका डीआईजी प्रतापसिंह थापा, रमेशविक्रम शाह, एसपी सञ्जयसिंह बस्नेत र डीएसपी हिराबहादुर गिरी, नेपाल टेलिकमका दिगम्बर झा (महाप्रबन्धक), राजेन्द्र नकर्मी, अम्बर स्थापित, पुरुपोत्तम खनाल, दीपेश आचार्य, कुमारप्रसाद शर्मा, सुधीरप्रसाद अर्याल, अनिल आचार्य, मदन शर्मा भगवमानसिंह प्रधान, प्रदीप ठाकुर, निरज अधिकारी, चन्द्रमोहन झा र देवनारायण यादवको बैंक लकरसमेत रोक्का भएको अख्तियार स्रोतले जनाएको छ ।
यसैगरी, ऊर्जा मन्त्रालयका मोती कुँवर, वैदेशिक रोजगार विभागका भवानी थानी, विष्णुहरि उपाध्याय र विश्वबन्धु रेग्मी, सिटिईभिटीका रामेशकुमार बखती, देवचन्द्र देवकोटा, नरेन्द्र शाह, विष्णु कोइराला, राजु खड्का र यमप्रसाद भुर्तेल, गृह मन्त्रालयका उद्धव तिमिल्सिना (बझाङ), गोपाल पराजुली (रामेछाप), र दीपक पोखरेल (झापा) रहेका छन् ।
यस्तै, यातायात व्यवस्था कार्यालयका विपिनकुमार लाल कर्ण (ललितपुर), भिमप्रसाद गौतम (इटहरी), कीर्तिवल्लभ पौडेल (ललितपुर), राजेश पन्थी (ललितपुर), जीवन आचार्य (पर्सा) र खुसीलाल कर्ण (जनकपुर) छानबिनको दायरामा आउका छन् । नापी विभागका सुमन्त झा, त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलका महाप्रबन्धक दिनेश श्रेष्ठ, राजश्व प्रशासनका कुलप्रसाद चूडाल, तुलसी सेढाई, धर्मेन्द्र मिश्र र इन्द्र ढुंगाना, ऋण असुली न्यायाधिकरणका दीर्घराज मैनाली, विद्युत प्राधिकरणका विज्ञानप्रसाद श्रेष्ठ, विमल गुरुङ, रोशन अग्रवाल, बज्रभुषण चौधरी, गणेशप्रसाद राज, होमबहादुर केसी, हरिवीर सिलवाल, बोधराज ढकाल, दीपक उपाध्याय, महेश्वरलाल श्रेष्ठ, चिरञ्जीवी पौडेल, रामचन्द्र पौडेल र शेरसिंह भाट, मेडिकल काउन्सिलका अनिलकुमार झा, मनोहर प्रधान र निलमणि उपाध्याय, इन्जिनियरिङ्ग परिषद्का शालिग्राम सिंह, दूरसंचार प्राधिकरणका विजय ठाकुर अख्तियारको छानबिनमा परेका छन् ।
यस्तै, काठमाडौं महानगरपालिकाका रामबहादुर थापा, साधुराम भट्टराई, बाबुराम गौतम, बद्री खड्का, बसन्त आचार्य, देवेन्द्र पोख्रेल, प्रमोद ढुंगाना, उत्तरकुमार रेग्मी, देवेन्द्र डंगोल, नरेन्द्र श्रेष्ठ, दीपक कोइराला र गोपाल रेग्मी छानबिनकाृे दायरामा आएका छन् भने सहरी विकासका कामेश्वरप्रसाद सिंह,
सिंचाई मन्त्रालयका सीताराम यादव, हिमालय पौडेल र थलबहादुर तामाङ, कृषि मन्त्रालयका लेखनाथ आचार्य, केयुकेएलका रविन्द्र नेपाल, लीला ढकाल, नागरिक उड्डयन प्राधिकरणका त्रिरत्न मानन्धन, पुष्यराज शाक्य, कृषि विकास बैंकका सागरचन्द्र जोशी, मालपोतका बद्रीबहादुर कार्की र ठाकुरप्रसाद निरौलामाथि गहिरो अनुसन्धान सुरु भएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा