नेपाल बायुसेवाको दुई नयाँ जहाज आउने निश्चित

१४ असार २०७०, शुक्रबार १०:०० मा प्रकाशित

काठमाडौं, १४ असार । वर्षौंको कसरतपछि नेपाल वायुसेवा निगमले दुई नयाँ जहाज खरिद गर्ने भएको छ । युरोपेली जहाज निर्माता कम्पनी एयरबस र निगमबीच दुई जहाज खरिद–बिक्रीसम्बन्धी बिहीबार सम्झौता भएपछि निगमले नयाँ जहाज खरिद गर्ने निश्चित भएको हो । 
निगम र एयरबसबीच गत चैत २३ मा दुई जहाज खरिद–बिक्रीका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो। त्यसपछि निगम व्यवस्थापनले वैशाख ९ गते जहाज किन्न बैना स्वरूप ५ लाख अमेरिकी डलर एयरबसलाई पठाएको थियो। त्यसपछि जेठ २९ मा निगम र कर्मचारी सञ्चय कोषबीच १० अर्ब रुपैयाँबराबरको ऋण आदान–प्रदान सम्झौता भएको थियो। अन्ततः २६ वर्षपछि निगमले जहाज किन्ने सम्झौता गर्न सफल भएको हो ।
बुधबार दिउँसोदेखि राती १ बजेसम्म बसेको निगम सञ्चालक समितिको बैठकले जहाज किन्न स्वीकृति दिएपछि बिहिबार निगमका तर्फबाट महाप्रबन्धक मदन खरेल र कर्पोरेट डाइरेक्टर गणेशबहादुर चन्द तथा एयरबसका तर्फबाट सिनियर सेल्स डाइरेक्टर शील शुक्ला र सेल्स कन्ट्याक्ट्स डाइरेक्टर रोव गर्डनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
साढे दुई दशकदेखि एउटा पनि जहाज किन्न नसकेको निगमलाई यो सम्झौतापछि अन्तर्राष्ट्रिय उडान गर्न आगामी २० महिनाभित्र एयरबसले दुई नयाँ जहाज दिने प्रतिबद्धता जनाएको छ। एयरबसले निगमलाई सन् २०१५ फेब्रुअरी (२०७१ फागुन)मा पहिलो जहाज आपूर्ति गर्ने र त्यसको दुई महिनापछि दोस्रो जहाज दिने प्रतिबद्धता जनाएको छ। निगमले अहिले किन्न लागेको जहाजमा १ सय ५० सिट हुने भए पनि सिट बढाएर १ सय ६४ बनाउने योजना बनाइएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा