रुद्रपुर पुग्यो नागरिकसँग प्रहरी हातेमालो अभियान

१४ असार २०७०, शुक्रबार ०९:३८ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १४ असार । ईलाका प्रहरी कार्यालय बुटवलले एक महिने नागरिकसँग प्रहरी हातेमालो अभियानअन्तर्गत बिहिबार रुद्रपुरमा प्रभातफेरी तथा अन्तरक्रिया सम्पन्न गरेको छ । बुटवल नगरपालिका लगायत रुपन्देहीका १६ गाविसमा संचालन भैरहेको अभियानअन्तर्गत सो कार्यक्रम गरिएको प्रहरीले जनाएको छ । अभियानमा जनताको घर दैलोमा पुगी पिर मर्का बुझी समस्याको समाधान गर्ने, वालवालिका तथा महिला बिरुद्ध हुने हिंसा, चोरी तथा अन्य सामाजिक बिकृती, अपराधिक गतिबिधी हुन नदिन सचेत गराईने जनाईएको छ ।
सो अवसरमा प्रहरी नागरिक साझेदारी गरी सुरक्षित घर, टोल, गाउँ र समाज बनाउने उद्देश्यले अभियान शुरु गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डि.एस.पि राजकुमार बैदवारले जानकारी दिनुभयो । “शान्त र समुन्नत समाज बनाउने हाम्रो ध्येय हो ।” डिएसपि बैदवारले भन्नुभयो– “यसमा गागरिक साझेदारी आवश्यक छ ।”
सो अवसरमा ईप्रका सालझण्डीका प्रहरी निरिक्षक बिश्वराज अधिकारी, समाजसेवीका तर्फबाट भरत सापकोटा, सुनगाभा सामुदायिक संस्थाका ईन्दु परियार, बिद्यार्थी सरोज पौडेल, पत्रकार हरिश ढकाल लगाएतले समाजमा हुने अपराधिक गतिबिधी, शान्ति सुरक्षा, जनताको जिउधनको रक्षाका सवालमा प्रहरीलाई जनताले सहयोग, सहकार्य र समन्वय गर्नुपर्ने कुरामा जोड निुभएको थियो ।
अभियान अन्तरगत ईलाका प्रहरी कार्यालय बुटवलको कार्यक्षेत्रमा पर्ने बुटवल नगरपालिका र सालझण्डी, गजेडी, भुधराक्ष, पर्राेहा, ख. बनगाई, सेमलार, करहीया, आनन्दवन, मधवलीया, गंगोलीया, मक्रहर, रुद्रपुर, देवदह, केरवानी, शंकरनगर र मोतीपुर गरी १६ गाबिसमा नागरिक हातेमालो अभियान सञ्चालनको क्रममा टोल गाउँ सुधार समिती गठन गरि प्रहरीसँगको सहकार्यका लागि आधिकारिकता प्रदान गरिने कार्यक्रम रहेको प्रहरीले जनाएको छ ।
यसअघि बुटवल नगरपालीका वडा नं ४ मा पनि नागरिकसंग प्रहरी हातेमालो अभियान सम्पन्न भएको थियो । नगर स्तरिय टोल समन्वय समितिका संयोजक महेन्द्रकुमार राजभण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पुर्व बडा अध्यक्ष रमेश नेपाल, सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष माधव प्रधान, पत्रकार हरिश ढकाल लगाएतले प्रहरी र जनताको हातेमालोबाट समाजमा अपराध, हिंसा र बिकृती बिसंगती रोक्न प्रभावकारी भुमिका खेल्ने बताउनु भयो । सो अवसरमा कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै प्रहरी नायब उपरिक्षक राजकुमार बैदवारले आफ्नो घर, टोल र समाजमा हुनसक्ने संभावित घटनालाई नियालेर प्रहरीलाई सम्पर्क र समन्वय गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रम पश्चात जनचेतनामुलक र्याली निकालिएको थियो । र्यालीमा सहभागिहरुले प्रहरी नागरिक हातेमालो सम्बन्धी नारा लगाउदै ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड

लमजुङ।हिमपातकै अवस्थामा पनि मनाङमा कोभिड-१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर ६

काठमाडौँ । रोजगारीको लागि साउदी पुगेका ६ नेपाली युवा बिचल्लीमा परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उद्धार गरेर स्वदेश फर्काएको