बिरोधको बाबजुत राष्ट्रिय अवार्ड बैशाख १ गते देखि सुरु गर्ने गोपीकृष्णको तयारी

२६ चैत्र २०६८, आईतवार २०:१७ मा प्रकाशित

फिल्मीखबर, काठमाण्डौ । राष्ट्रिय अवार्ड प्राईभेट कम्पनीले गर्न लागेको बिषयमा चलचित्रसंग सम्बन्धीत संघसंस्थाले आपत्ती जनाए पनि गोपिकृष्ण मुभिजले सो अवार्ड जुनसुकै हालतमा गर्ने निर्णय गरेको छ ।

फिल्मीखबरसंगको कुराकानीमा गोपीकृष्ण मिडिया हाउसका स्टेशन म्यानेजर दयाराम पाण्डेले भने, ‘बैशाख १ गते देखि सक्रिय भएर मुभिजले नेशनल अवार्डको तयारी सुरु गर्दैछ ।’ अवार्ड वितरण २०७० मा गर्ने उद्देश्य सहित गोपिकृष्णले बैशाख एक गते देखि फिल्म छनौट कार्य सुरु गर्न लागेको पनि पाण्डेले जानकारी गराए ।

यस्तै विवादका बाबजुत राष्ट्रिय पुरस्कार आफ्नो संस्था मार्फत वितरण गर्ने तयारी गरिरहेको गोपीकृष्ण मुभिजले नयाँ बर्ष २०६९ को छेकोमा टिभि फिल्मीको प्रस्तुतीमा पपुलर अवार्ड कार्यक्रम पनि गर्ने भएको छ । बर्षका २० उत्कृष्ट कलाकार छनौट गर्दे सो च्यानलले यहि बैशाख ३० गते न्यू ईयर ईभ नाईट मार्फत २० मध्येका उत्कृष्ट ३ कलाकार छनौट गर्दै सम्मान गर्न लागेको हो ।
पपुलर तर्फ दश अभिनेता र दश अभिनेत्री छनौटमा परेका छन् । जसका लागि एसएमएस भोटिङ मार्फत दर्शकको मत संकलन गर्न गोपीकृष्णले आफ्नो प्रचारलाई तिब्रता दिएको छ । ‘बर्ष भरिमा गोपीकृष्ण टिभी फिल्मीका चर्चित २० अनुहारलाई हामीले सम्मान गर्न लागेका हौ त्यसमध्ये उत्कृष्ट तीन कलाकार न्यू ईयर ईभको दिन घोषणा गरिने छ’, स्टेशन म्यानेजर पाण्डेले जानकारी गराए ।

स्थापनाको दुई बर्षयता पहिलो पटक बर्षका चर्चित कलाकार घोषणा गर्न लागेको टिभि फिल्मीले विभिन्न अवार्ड सेरोमोनी जस्तै च्यानल अवार्डमा पनि हावी हुने योजना कसेको हो । जसको पहिलो प्रयास स्वरुप दर्शक प्रतिक्रिया मार्फत उसले टेलिभिजन अवार्डको तयारी सुरु गरेको हो ।

पपुलर तर्फ अभिनेतामा भुवन केसी, राजेश हमाल, आकाश अधिकारी, आर्यन सिग्देल, राजबल्लभ कोईराला, जिवन लुईटेल, मुकेश ढकाल, सौगात मल्ल, दयाहाङ राई र सविन श्रेष्ठ रहेका छन् । यस्तै अभिनेत्री तर्फ करिश्मा मानन्धर, रेखा थापा, अरुणिमा लम्साल, ऋचा घिमिरे, पुजना स्त्रिी, नम्रता श्रेष्ठ, सुष्मा कार्की, केकी अधिकारी, सुमिना घिमिरे र विनिता बराल रहेका छन् ।

२०६८ मा आफ्नो टेलिभिजन मार्फत सर्वाधिक बजेका गित, दर्शकले लिएको कलाकारको नाम तथा सर्वाधिक न्यूज बजेको हिसावमा टिभी फिल्मीले २० चर्चित कलाकार छनौट गर्दै सर्वाधिक तीन चर्चित कलाकारलाई विशेष सम्मान गर्न लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

रातको ११ बज्नै लागेको थियो कान्ताको फोन आयो। मैले फोन उठाएँ। “के गर्दै हुनु हुन्छ हजुर? सुत्ने बेला भएन र?

चल्यो यो कस्तो समयमा विश्व महामारी । भयो संसारलाई थेग्नै नसक्ने संकट भारी। चिन्दैन ओहोदा न चिन्छ रास्ट्रको शक्ति, त्रसित

निरोज कुमार थापा, काठमाडौँ, ११ भदौ । काठमाडौँ महानगरपालिकाले सिनेमा घरहरुलाई कर तिर्न १५ दिनको म्याद दिएको थियो । तर

अर्जुन भुसाल, काठमाडौँ ९ भदौ । आधुनिक कलाकार समाज (सोमा)ले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको चित्रकला प्रदर्शनीमा शङ्करराजसिंह सुवालले