बहु प्रतिक्षित बृहत अध्यागमन सुधार बिल अमेरिकन सिनेटद्वारा अनुमोदन

१४ असार २०७०, शुक्रबार ०४:१२ मा प्रकाशित

पुरुषोत्तम ढकाल, भर्जिनिया, १३ असार । अमेरिकन सिनेटले बहु प्रतिक्षित बृहत अध्यागमन सुधार बिल अनुमोदन गरेको छ । बिहिबार सिनेटमा भएको मतदानद्वारा बहु प्रतिक्षित बृहत अध्यागमन सुधार बिल अनुमोदन गरेको हो । मत बिभाजन अनुसार अनुमोदन भएको बृहत अध्यागमन सुधार बिलको पक्षमा ६८ सदश्य रहेका थिए भने ३२ सदश्य बिपक्षमा रहेको थिए । अनुमोदित बिलले अनधिकृत रुपले अमेरिका बसेका झन्डै ११ मिलियन अनधिकृत आप्रवशिहरुले ११ बर्षको थप बैध बसाइ पछि नागरिक बन्न सक्ने प्रावधान गरेको छ । जस अनुसार अनधिकृत रुपबाट अमेरिकामा बसोबास गरिरहेका आप्रवासीहरुले यत्र अनुमति सहितको काम गर्ने १० बर्षको अनुमति पाउने छन् । तर ग्रीनकार्ड पाउनका लागि भने १० बर्ष पर्खनु पर्ने र ग्रीनकार्ड पाएको ३ बर्ष पछि अमेरिकाको नागरिकता प्राप्त गर्न सक्ने छन् । बृहत अध्यागमन सुधार बिल लागु भए पश्चात बोर्डर सेक्युरेटीमा बिषेश कडाई हुने र भिसाको म्याद सकिएपछी बस्न नपाउने जस्ता कानुनहरु कडाईका साथ लागु हुने छ । अमेरिकन सिनेटद्वारा बिहिबार अनुमोदन भएको बृहत अध्यागमन सुधार बिल अनुसार ग्रिनकार्ड होल्डरले आफ्नो श्रीमान्, श्रीमतीलाई तत्काल ल्याउन पाउने, डिभी खारेज गरेर अमेरिकामै मास्टर गर्ने बिद्यार्थिको लागि नयां कोटा सिर्जना गर्ने जस्ता बुंदाहरु रहेका छन् । बृहत अध्यागमन सुधार बिल अनुमोदन संगै रिपब्लिकन सिनेटरहरुले भारत र चीनका दक्ष कामदारहरुलाई सम्बोधन गरिनु पर्ने, अमेरिकी विश्वविद्यालयबाट माष्टर डिग्री हासिल गरेका आप्रवासीहरुलाई स्थायी बसोवासको व्यवस्था गर्ने, अस्थायी कामदारहरु सम्वन्धि व्यवस्था गर्ने र अमेरिकामा गैरकानूनी रुपबाट प्रवेश गर्ने नाकाहरुलाई सुरक्षित बनाउने कुरामा जोड दिएका छन् । अब बृहत अध्यागमन सुधार बिल हाउसमा छलफलका लागि जानेछ प्रक्रियामा जाने छ । बृहत अध्यागमन सुधार बिललाई राष्ट्रपति ओबामाले आफ्नो पहिलो कार्यकालको २०१० मा पनि पारित गराउने प्रतिबद्धता व्यक्त गरेका थिए तर पुरातन बिचार भएका रिपब्लिकन सिनेटर र हाउसका सदस्यहरुको ब्यापक यो बिरोधका कारण हुँदा पास हुन सकेको थिएन । राष्ट्रपति ओबामा दोस्रो कार्यकालको लागि निर्वाचित भए लगत्तै बृहत अध्यागमन सुधार बिललाई पारित गराउने प्रतिबद्दता सहित पहिलो एजेण्डामा राखेका थिए । बहु प्रतिक्षित बृहत अध्यागमन सुधार बिल अनुमोदन संगै यो बिल कार्वान्यन हुने प्रक्रिया नजिकिदै गर्दा अन्योल पूर्ण अनधिकृत बसाइले चिन्तित रहदै आएका नेपाली मुलका अनधिकृत अमेरिकी आप्रवाशिहरुमा समेत खुशीको लहर छाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा