अवैध पेस्तोल बोकेर बसपार्कमा

१३ असार २०७०, बिहीबार १९:३४ मा प्रकाशित

चितवन, १३ असार । अवैध पेस्तोल बोकी संकास्पद गतिविधिमा संलग्न भरतपुर नगरपालिका–४ आलुमण्डीका जितेन्द्रबहादुर कट्टेललाई प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित नियन्त्रणमा लिएको छ । ७.६५ एमएम गोली लाग्ने पेस्तोल १ थान र ७.६५ एमएम गोली १ राउण्ड र ९ एमएम गोली ५ राउण्ड सहित २० वर्षिय कट्टेल पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी टोलीले भरतपुर वसपार्कमा चेकजाँच गर्दा कम्मर पेटीमा लुकाई राखेको अवस्थामा म्याग्जीन सहितको उक्त पेस्तोल र प्लाष्टिकमा पोको पारी पाईन्टको खल्तीमा लुकाई राखेको अवस्थामा उक्त गोली बरामद भएको थियो । 
निजको बयानका आधारमा भरतपुर नगरपालिका–४ आनन्दमार्ग बस्ने २६ बर्षीय सानोकान्छा भन्ने भिमबहादुर तामाङलाई समेत पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
उता बाँके गनापुर–३ बस्ने ४८ बर्षीय नाजि अली, गनापुर–२ बस्ने ४० बर्षीय मुस्ताक अलि र मानिकापुर–७ बस्ने ६० बर्षीय बुद्ध बेहनलाई प्रहरीले बाह्र बोर फोल्डिङ बन्दुक १ थान, सोको ३ वटा टोटा र चित्तलको मासुसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनकट्टी (क) र कम्दी–९ का स्थानीय बासीद्धारा गठन गरिएको चोरी शिकारी दल कम्दीका ७ जनाको संयुक्त टोली असार १२ गते १९ः४५ बजे स्थानीय भगवती मन्दिर नजिक पुग्दा छक्रवा सामुदायिक बनको बाटो हुदै आएको उनीहरु चढेको भे.२ प ४१५५ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा उक्त बन्दुक र मासु बरामद भएको थियो ।
यसैगरी हुम्ला जिल्ला कालिका–२ बस्ने जगाते टमटा, कालिका–७ बस्ने दलसुर टमाटा, धनलाल टमटा र गोपाल टमाटालाई प्रहरीले बिना ईजाजतपत्रको सुगन्धवाला जडीबुटी ६ कुईन्टल ३० के.जी. सहित पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड

कास्की । कास्कीको माछापुच्छ«े गाउँपालिका–६ भिँडाबारीमा लामो समयदेखि निर्माण चर्चामा रहेको एन्फा टेक्निकल सेन्टर(बहुउद्धेश्यीय प्राविधिक केन्द्र) निर्माण हुने निश्चित भएको