स्विकार गर………..निमेष गिरि

१३ असार २०७०, बिहीबार १७:४२ मा प्रकाशित

के जिवन अजम्वरी हुन्छ ?
जिवनका रंगहरु वहु आयामीक हुन्छन् ?
प्रकृतिको पराकाष्ठाको पराक्रमले
पुरीएका पहाडहरु
नदिको एक वेगले ल्याएको भँगालले
भत्किएका भावनाका भग्नहरु
भताभुङग भएर भद्रगोल भावहरु
यत्रतत्र ढलेका स्वास शुन्य जीवहरु

सृष्टिको सृजनाको उपहास गरीरहेछ
मनवको वैज्ञानिक चेतको खिल्लि
आधुनिक अनुसंन्धानको असंख्य अवयवहरुद्धार
अजये अभियन्तालाई अनगिन्ति प्रश्न
तिम्रो नविन र नौलो खोजले
तिम्रो सिद्धान्त र आधुनिक शुत्रले
किन रोक्न सकेन ?
पानीको वेगलाई
मानीसको स्वाशलाई
सुनखरी जीवनका सपनीहरु

किन टोलाउनु
किन रुनु
नमचाउनु कोलाहाल पुर्ण क्रन्दनहरु
जिवनका गतिहरु
ह्रदयका धडकनहरु
प्राप्तिका चाहानाहरु
सफलताका आवश्यताहरु
परीवारीक स्नेह र ममताहरु
धन सम्पतिका रवाफहरु
बुद्धि, विवेक र ज्ञानका कोरा आडम्बरहरु
जव जिवन क्षणीक हो भने
अभेध्य ,
अचल
अमोघ
अपराजीत
अजम्वरी
सृष्टको कुनै अंश छैन
ढीलो या चाडो
आज वा भोली
रात वा दिनमा
पल या क्षणमा
उत्र्सजन जिवनको सत्य हो
त्यसैले संम्झना राख
वितेका ति पलहरु
मिठा अनुभुतिहरु
प्रेमीला क्षणहरु
सफलताका कथाहरु
विफलताका कुईनेटाहरु
जो गए फर्कने कुनै गुजाईस छैन
जो जान्छन तिनको उपस्थिती आशा छैन
जो छन ति रहीरहन्छन भन्नु
तथ्यसंगत छैन
वेद, कुरान , वाईवल र गिता
वैज्ञानिक सिद्धान्त र फर्मुलामा
मृत्युको सामाधान शुत्र छैन
त्यसैले,
कोहि अकालमा हाँस्दा हाँस्दै मर्छन
कोहि दुःख भोगेर मर्छन
मृत्यु साश्वत सत्य हो
स्विकार गर

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि