विद्यार्थीको झगडाले पाटन क्याम्पस बन्द

१३ असार २०७०, बिहीबार १६:३३ मा प्रकाशित

काठमाडों, १३ असार । ललितपुर पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा शैक्षिक तथा प्रशासनिक कार्य अनिश्चितकालका लागि स्थगन गरिएको छ । एमाले र एमाओवादीका विद्यार्थी समूहबीच झपले उग्र रुप लिएपछि क्याम्पस नै बन्द गर्नुपर्ने अवस्था आएको हो । क्याम्पसको विशालबजार भाडामा कमिसन खाएको, क्याम्पसमा मनोमानी ढङ्गले एमाओवादी समर्थक मात्रलाई कर्मचारी राखिएको, पठनपाठन प्रभावकारी नभएको भन्दै विरोधमा उत्रेको अनेरास्ववियुले क्याम्पस प्रमुखलाई क्याम्पसमा प्रवेश निषेध गर्ने जनाऊ दिएकै भएपनि कार्यालय पुगेको भन्दै श्रेष्ठमाथि बुधबार दिउँसो कालो मोसो दल्न खोजेपछि अखिल क्रान्तिकारीका विद्यार्थीहरु क्याम्पसप्रमुखलाई जोगाउन अग्रसर भएका थिए । त्यसपछि दुईपक्षीय झडप सुरु भएको थियो । अहिले ललितपुर प्रहरीमा मुद्दा चलिरहेको छ ।
क्याम्पसका प्रमुख अमन श्रेष्ठले एक सार्वजनिक सूचना जारी गर्दै दुबै विद्यार्थी सङ्गठन र एमाओवादीको वाइसिएलबीच अझै झडपको स्थिति आउने सक्ने भएकाले शैक्षिक र प्रशासनिक कार्य सुचारु गर्न नसकिने जनाएका छन् ।
क्याम्पसमा दुवै पक्षका विद्यार्थी र युवा जमात ओइरिएको कारण झडपको स्थिति आउन नदिन प्रहरी निरीक्षकको नेतृत्वमा ५० जनाको दङ्गा नियन्त्रण टोली खटाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस