जयन्त प्रसादले गरे कोइरालाको स्वास्थ्यलाभको कामना

१३ असार २०७०, बिहीबार १६:०७ मा प्रकाशित

रासस, काठमाडौं, १३ असार । नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादबीच बिहिबार बिहान भेटवार्ता भएको छ। सो भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्था र मंसिरको लागि निर्धारण गरिएको संविधानसभाको निर्वाचनबारेमा कुराकानी भएको थियो।
राजदूत जयन्तप्रसादले निर्वाचनको लागि दलहरुबीच भइरहेको प्रयास एवम् राजनीतिक निकासको बारेमा चासो देखाएका थिए। सो अवसरमा सभापति कोइरालाले दलहरुबीच भएको सहमतिअनुरुप निर्वाचन हुने जानकारी दिँदै अब निर्वाचनलाई जसरी भए पनि सम्पन्न गर्न आफूहरु कटिबद्ध भएर लागेको बताएका थिए।
साथै आन्दोलनरत दलहरुलाई निर्वाचनमा सहभागी गराउनका लागि छलफल भइहरेकोलगायत निर्वाचननै मुलुकको राजनीतिक सङ्कटको निकास भएकाले यसलाई सफल बनाउनुपर्ने धारणा सभापति कोइरालाले राखेका उनका स्वकीय सचिव लक्ष्मण ढकालले बताए।
राजदूत जयन्तप्रसादले स्वास्थ्य परीक्षणका लागि आजै अमेरिका जान लागेका सभापति कोइरालाको स्वास्थ्यलाभको समेत कामना गरेका स्वकीय सचिव ढकालले बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै

कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर