‘फरार ठग’ अब पार्टी अध्यक्ष !

१३ असार २०७०, बिहीबार १०:०४ मा प्रकाशित

काठमाडौं, १३ असार । युनिटी नामक अवैधानिक संस्थामार्फत् सर्वसाधारणबाट अर्बौं रकम ठगी गरी विष्णुबहादुर क्षेत्री फरार भएको वर्षौं बित्यो, प्रहरीले अहिलेसम्म क्षत्रीलगायतका अभियुक्तहरुलाई फेला पार्न सकेको छैन । तर, रेडकर्नर नोटिससमेत जारी गरिएक यिनै अभियुक्त क्षत्रीले भने आफैं अध्यक्ष बनेर नयाँ पार्टीसमेत दर्ता गर्न भ्याइसकेका छन् । फरार अभियुक्त क्षेत्रीले संविधानसभा निर्वाचन प्रयोजनका लागि जनयुनिटी कोअपरेटिभ पार्टी, नेपाल दर्ता गराएका हुन्। कुनै वीरेन्द्र दाहाल नामका व्यक्तिलाई सम्पर्क अधिकारी बनाएर क्षत्रीले अनामनगर ठेगाना राखी निर्वाचन आयोगमा पार्टी दर्ता गराएका हुन् । जबकि, युनिटी इस्योरेन्स इन्टरनेसनको नाममा गैरकानुनी बिमा र बैंकिङ कारोबार गरी सर्वसाधारणको चार अर्ब रुपैयाँभन्दा बढी ठगेको अभियोगमा उनीसहित युनिटमा आबद्धहरूविरुद्ध बैंकिङ कसुर र ठगी अभियोगमा अदालतमा मुद्दा चलिरहेको छ। 
०६७ सालमै महानगरीय प्रहरी परिसर ललितपुरले युनिटी सञ्चालक समितिका सदस्यहरूलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाए पनि अध्यक्ष काशी गुरुङ, विष्णु क्षेत्री, कृष्णबहादुर क्षेत्री, महेन्द्र केसीलगायत फरार भएका थिए। उनीहरूलाई ुमोस्ट वान्टेडु सूचीमा राखेर प्रहरीले खोजी गरिरहेको छ। युनिटीले निःशुल्क स्वास्थ्य सेवालगायत प्रलोभन देखाउँदै सर्वसाधारणबाट रकम उठाएर पिरामिड शैलीको नेटवर्किङ कारोबार चलाएको तथ्य खुलेपछि २०६७ मा सरकारले युनिटीविरुद्ध कारबाही गरेको थियो। सरकारले समिति नै गठन गरेर युनिटीको आर्थिक गतिविधि अनुसन्धान गर्दा अनुमति नै नलिई बिमा र बैंकिङ सेवा सञ्चालन गरेको र प्रतिबन्धित पिरामिड शैलीको नेटवर्किङ व्यवसाय चलाएको पुष्टि भएको थियो। त्यसपछि युनिटीका गतिविधिमा प्रतिबन्ध लगाउँदै सञ्चालकहरूविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र