शिक्षामा लगानी भयो बालुवामा पानी : केपी ओली

१३ असार २०७०, बिहीबार ०९:२७ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १३ असार । एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले नेपालको शैक्षिक अवस्थालाई निजि विद्यालयहरुले धानेको बताएका छन् । नेपालको शैक्षिक अवस्था बिग्रंदै गएको बताउदै ओलीले नीजि क्षेत्रबाट भएको लगानीले नेपालको शैक्षिक अवस्थालाई धानेको उल्लेख गरे ।
सरकारी स्तरबाट ठूलो परिणाममा शिक्षामा लगानी भएपनि त्यो लगानी बालुवामा
हालेको पानी सरह भएको पनि दावी गरे । अनेरास्ववियू रुपन्देहीद्धारा बुधबार आयोजित प्रवेशिका परिक्षामा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रममा एमाले नेता ओलीले नेपालको शिक्षा नीति बेराजगार उत्पादन गर्ने र अदक्षताको प्रमाणपत्र वितरण गर्ने थलो मात्र भएको पनि टिप्पणी गरे ।
बजार मुल्याङ्कनका आधारमा शिक्षामा लगानी गर्नु पर्ने बताउँदै नेता ओलीले
कुन–कुन क्षेत्रमा कति कति जनशक्तिको आवश्यकता छ त्यसका आधारमा कति कति वर्षमा कति कति उत्पादन गर्ने भन्ने निक्र्याेल गरेर मात्र राज्य र व्यक्तिले समेत योजनावद्ध रुपमा लगानी गर्नुपर्ने धारणा राखे ।
सो कार्यक्रममा अनेरास्ववीयूका अध्यक्ष माधव ढुङेल, एमाले अञ्चल संयोजक छवीलाल बिश्वकर्मा, नेता रामनाथ ढकाल, लगायतले बोलेका थिए । सो अवसरमा जिल्लामा उत्कृष्ट भएका न्यू भिजन फारसाइटरका छात्र विनोद सिलवाल, प्यारामाउण्टकी छात्रा सुधा पौडेल, सामुदायिक बिद्यालयबाट उत्कृष्ट भएका शान्ति माबि मणिग्रामका छात्र आनन्दमणी सुवेदी तथा छात्रा अनुपमा मरासीनीलाई कदर पत्र र दोसल्ला सहित जिल्लामा बिशिष्ठ श्रेणीमा उत्तिर्ण भएका ९ सय ६२ जनालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड

लमजुङ।हिमपातकै अवस्थामा पनि मनाङमा कोभिड-१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर ६

काठमाडौँ । रोजगारीको लागि साउदी पुगेका ६ नेपाली युवा बिचल्लीमा परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उद्धार गरेर स्वदेश फर्काएको