विप्लवका र प्रचण्डबीच के खिचडी पाक्दैछ ?

१३ असार २०७०, बिहीबार ०८:०३ मा प्रकाशित

काठमाडौं, १३ असार । सार्वजनिक समारोहहरूमा ठूला कुरा गरे पनि प्रचण्ड चुनावसँग वास्तवमै डराएको महसुस माओवादीका नेताहरूले गरेका छन् । गत शनिबार प्रचण्डले माओवादी नेता नेत्रविक्रम चन्दसँग र ११ गते मोहन वैद्य किरणसँग गरेको वार्तालापका क्रममा प्रचण्डले दिएको अभिव्यक्तिका आधारमा माओवादी नेताहरूले प्रचण्ड ‘त्राहिमाम’ भएको निष्कर्ष निकालेका हुन् । प्रचण्डको भनाइ थियो, ‘पार्टी एकताबद्ध नभई चुनावमा जानै सकिन्न, वैद्यजीलाई नेता मानिएकै हो, फेरि पनि मानेर चुनावमा जान सकिन्छ ।’ प्रचण्डलाई नेता चन्दले खिलराज रेग्मी नेतृत्वको सरकार विस्थापित गरी राजनीतिक सरकार गठन भए चुनावमा जान सकिने जवाफ फर्काउनुभएको बताइन्छ । तर, चन्दले प्रचण्डसँग भेट गरेको जानकारी पार्टी नेतृत्वलाई नभएका कारण माओवादी नेतृत्वमा चन्द शङ्काको घेरामा भने परेका छन् ।
सरकारले आफूलाई ‘बाइपास’ गरी ‘बलजफ्ती’ निर्वाचन गराउन खोजे त्यसलाई कुनै हालतमा सम्पन्न हुन नदिने चेतावनी दिँदै आएको नेकपा माओवादीका नेता नेत्रविक्रम चन्दको गतिविधिलाई लिएर पार्टीका नेताहरू विभिन्न कारणवश सशङ्कित हुन थालेका छन् । चन्दले माओवादी नेताहरू डा. बाबुराम भट्टराई, प्रचण्ड र कृष्णबहादुर महरासँग लुकी–लुकी भेट्न थालेपछि माओवादी नेताहरू सशङ्कित भएका हुन् । डा. भट्टराईसँग चन्दको पहिलेदेखिकै राम्रो सम्बन्ध रहेकोले भट्टराईसँगको भेटघाटलाई मोहन वैद्यलगायतका नेताहरूले सामान्य रूपमा लिँदै आएका थिए । कृष्णबहादुर महारासँग चन्दको निरन्तर सम्पर्क रहिरहनुलाई पनि नेतृत्वले अस्वाभाविक रूपमा लिएको थिएन । तर, पार्टी नेतृत्वको जानकारीबिना चन्दले एमाओवादीका अध्यक्ष प्रचण्डसँग समेत गुप्त भेटवार्ता गर्न थालेको सूचना प्राप्त भएपछि चन्दसम्बद्ध पार्टीका नेताहरू चिन्तित बन्न पुगेका छन् । केही साताअघि नेत्रविक्रम चन्दले एमाओवादीसँग पार्टी एकताको सम्भावना रहेको बताउँदै त्यसनिम्ति अनेकौँ चरणमा वार्तालाप भइरहेको खुलासा गरेका थिए । चन्दको अभिव्यक्ति गलत भएको प्रमाणित गर्न माओवादी अध्यक्ष मोहन वैद्य किरण आफैँले कडा वक्तव्य जारी गरेर खण्डन गर्नुपरेको थियो ।
यसैबीच एमाओवादीका नेता कृष्णबहादुर महराले विप्लवलाई मनाउन सके माओवादी पार्टी नै चुनावमा भाग लिन तयार हुने विचार प्रकट गरेका छन् । महराले त्यस्तो अभिव्यक्ति दिएलगत्तै गत साता चन्द र प्रचण्डबीच गुप्त वार्तालाप भएको थियो । राजधानीकै एक होटलमा भएको वार्ता ‘फलदायी’ भएको दुवै नेताले निकवर्तीहरूलाई बताएका छन् ।
नेकपा–माओवादीले चुनावमा भाग नलिने निर्णयसँगै पूर्वलडाकुलाई समेत पुनर्संगठित गर्ने काम गर्दै आएको छ । लडाकुहरूलाई सङ्गठित तुल्याई तालिमसमेत दिने तयारी गरिरहेको माओवादी युवापङ्क्तिभित्र नेत्रविक्रम चन्द विशेष प्रिय मानिन्छन् । चन्दकै अग्रसरतामा लडाकु सङ्गठित गर्ने कार्य भइरहेको पनि बताइन्छ । यसरी अर्को युद्धकै अग्रसरता लिने नेताका रूपमा चिनिएका नेत्रविक्रम चन्द एमाओवादीमा प्रवेश गर्ने तयारी गर्दै छन् भन्ने चर्चा पनि उपल्लो तहमा चल्न थालेको छ । तर, चन्द त्यसरी दल बदलु गर्ने मानसिकतामा रहनुभएको ठानिँदैन । बरु चन्दको भोलापनको लाभ उठाउँदै प्रचण्डले चन्दको दुरुपयोग गर्न सक्नुहुने सम्भावनालाई इन्कार गर्न सकिन्न । चन्दको अग्रसरतामा गठन हुँदै गरेको ‘जनसेना’ जहाँ सत्र हजार लडाकु सङ्गठित भइसकेको बताइन्छ, त्यस्ता नेतालाई ‘उपयोग’ गरेर ठूलो लाभ हासिल गर्ने इच्छा प्रचण्डले राखेका छैनन् होला भन्न सकिन्न । माओवादी केन्द्रीय समितिको बैठक जुन असार १५ गते पोखरामा सुरु हुँदै छ, त्यहाँ यस विषयलाई लिएर गम्भीर बहस र विवाद हुने सम्भावना छ । यदि चन्दले प्रचण्डसँग गठबन्धन गर्न लागेका हुन् भने सङ्गठित सत्र हजार लडाकु र त्यससँग जोडिएको कार्ययोजनासमेत सङ्कटमा पर्ने ठानिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दक्षिण अफ्रिकामा भेटिएको नियोकोभ कोरोना भाइरसबारे थप अध्ययन आवश्यक रहेको बताएको छ। चीनका अनुसन्धानकर्ताहरुले दक्षिण

सुर्खेत। जिल्ला अदालत दैलेखले मृत्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ । कर्तव्य ज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्युपछि जिल्ला अदालतले

काठमाडौँ । पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको

आजको प्रमुख समाचार