एसएसपी बढुवा गर्न आईजीपीलाई किन पर्‍यो सकस ?

१३ असार २०७०, बिहीबार ०७:५३ मा प्रकाशित

काठमाडौं, १३ असार । प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले विभिन्न पाँच स्थानमा वरिष्ठ प्रहरी उपरीक्षकको आवश्यकता पर्ने ठहरसहित पाँच दरबन्दी थप गर्न गृह मन्त्रालयमा सिफारिस गरी पठाएको दुई साता बितिसक्दा पनि गृहमन्त्री माधव घिमिरेले कुनै निर्णय नदिएपछि नेपाल प्रहरीको रिक्त ६ वरिष्ठ प्रहरी उपरीक्षक पदमा बढुवा गर्न प्रहरी महानिरीक्षक रानालाई सकस परेको बुझिएको छ । हाल डीएसपीले हेर्ने गरेको कानुन शाखा, मानव अधिकार सेल, सम्पत्ति शुद्धीकरण, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सीआईबीमा एक–एकजना एसएसपी चयन हुनुपर्ने आईजी रानाको प्रस्ताव छ । तर, गृहमन्त्रीले समयमै निर्णय दिन नसकेकोले बढुवा प्रक्रिया विलम्ब भइरहेको छ । 
प्रहरी उपरीक्षकहरू ठाकुरराम गर्तौला, पुष्पचन्द रञ्जित, बलराम शर्मा, धीरू बस्नेत, ज्ञानविक्रम शाह, कृष्ण गौतम, श्याम खड्का, पवन खरेल, शरद चन्द, प्रेम चन्द, श्यामबहादुर खत्री, मनोज न्यौपाने, पुष्कर कार्की, विक्रमसिंह थापा, गुप्तबहादुर श्रेष्ठ, सुशील भण्डारी, भुपालसिंह भण्डारी र दीपक थापा वरिष्ठ प्रहरी उपरीक्षक बन्ने लाइनमा रहेका छन् । उनीहरूमध्ये केही अधिकृत कार्यदक्षता र क्षमताका दृष्टिले अब्बल मानिन्छन् भने केहीलाई प्रहरी सङ्गठनकै बोझका रूपमा लिइन्छ ।
कार्यक्षमताका दृष्टिले पुष्कर कार्की, विक्रमसिंह थापा, पुष्पचन्द्र रञ्जित, ज्ञानविक्रम शाह, श्यामबहादुर खत्री, धीरू बस्नेत र पवन खरेल प्रहरी सङ्गठनमा उत्तम मानिएका छन् भने बलराम शर्मा, कृष्ण गौतम, प्रेम चन्द, श्याम खड्का, मनोज न्यौपाने र सुशील भण्डारीको छवि भने राम्रो बन्न सकेको छैन । ठाकुरराम गर्तौला रामै्र प्रहरी अधिकृतको कोटिमा परे पनि उनको दुई महिनाभित्रै अवकाश हुने भएकोले बढुवा हुनेमा पर्न मुस्किल ठानिएको छ । कार्यक्षमता र इमानदारीका दृष्टिले कमजोर भए पनि एमाले नेता माधव नेपालको साढुभाइ पर्ने भएकाले बलराम शर्मा आफू बढुवामा पर्नेमा विश्वस्त रहेको बताइन्छ । शरद चन्द, गुप्तबहादुर श्रेष्ठ र भूपालसिंह भण्डारी मध्यमकोटिका प्रहरी अधिकृतका रूपमा चिनिन्छन् । ६ जनालाई मात्र एसएसपीमा बढुवा गर्न सकिने विद्यमान अवस्था रहेको तर कम्तीमा पनि ११ अधिकृत बढुवाका निम्ति हरेक दृष्टिले योग्य भएकोले महानिरीक्षक रानालाई मुस्किल परेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत। जिल्ला अदालत दैलेखले मृत्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ । कर्तव्य ज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्युपछि जिल्ला अदालतले

काठमाडौँ । पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान