लुम्बिनीलाई लक्ष्य गरेर सिम्रिकले सुरु गर्यो दैनिक उडान

१३ असार २०७०, बिहीबार ०७:३८ मा प्रकाशित

काठमाडौं, १३ असार । सिम्रिक एयरलाईन्सले बुधबारदेखि भैरहवा काठमाण्डौ उडान शुरु गरेको छ । यात्रुहरुको माग र लुम्बिीनीको महत्वलाई बुझेर दैनिक भैरहवा उडान शुरु गरेको एयर लाईन्ससँग दुईवटा विमान रहेका छन् भने हरेक दिन दिउँसो १:०५ मा भैरहवाबाट उडान गर्ने एयरलाईन्सले जनाएको छ । एयरलाईन्सले यस अघि काठमाण्डौ पोखरा दैनिक ४, काठमाण्डौ सिमरा २, माउण्टेन फलाईट ४ देखि ६ उडान गर्दै आएको छ ।
सिम्रीक एयरले भैरहवका लागि गोल्डेन सिद्धार्थ ट्राभल्स एण्ड टुर्सलाई आधिकारिक एजेण्टको रुपमा नियुत्त गरेको छ । सिम्रिकले निकट भबिष्यमै दैनिक २ उडान गर्ने गरी सेवा शुरु गरिएको टुर्सका अध्यक्ष सिताराम रसायलीले जानकारी दिए । जनवरी २०१३ मा स्थापना भएको एयरलाईन्सले फेब्रिवरी १० बाट सेवा शुरु गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड