खोटाङका वृद्ध दम्पत्तिका हत्यारा पक्राउ

१३ असार २०७०, बिहीबार ०७:२९ मा प्रकाशित

काठमाडौं, १३ असार । डाँका गर्ने उद्धेश्यले खोटाङ पाथेका–४ छेराका ७८ वर्षीय चक्रबहादुर गिरी र उनकी ७६ वर्षीया श्रीमती लीलामायाँ गिरीको हत्यामा संलग्न ६ युवा पक्राउ परेका छन् । पाथेका–४ का १८ वर्षीय आशिष राई, १८ वर्षीय तिलकराम पूरी, १७ वर्षीय थामसिं राई, १९ वर्षीय कुमारसिं राई, १७ वर्षीय हिराधन राई र १७ वर्षीय संदेश राई पक्राउ परेका हुन् । एकान्त र जंगलछेउमा घर भएका बृद्धबृद्धालाई उनीहरुले धारिलो हतियार प्रहार गरी बिभत्सतरिकाले हत्या गरेका थिए । गिरी दम्पत्तीको घरमा भएका पाँच तोला सुन र पूरानो निलो रंगको कथित बहुमूल्य शिशी लुट्ने योजना अनुशार घट्नाका प्रमुख योजनाकार आशिष नेतृत्वको युवा समुहले गत शुक्रबार बृद्धबृद्धा दम्पत्तीको हत्या गरेका थिए । 
शुक्रबार राती गिरी दम्पतीको हत्या गरेर फरार युवाहरुलाई भाग्दै गरेको र कसैलाई घरमा बसिरहेकै अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका ६ जना युवालाई खोटाङमै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
हत्याराका साथबाट घट्नामा प्रयोग गरिएका दुई थान खुकुरी, एक थान लाठी, रगत लागेको एक थान कपडा, सिम र मेमोरीबीनाको एक थान नोकिया मोबाइल सेट बरामद गरिएको छ । गिरी दम्पत्तीको हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेका अन्य चार जनालाई भने सोधपुछपछि छाडिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अभियुक्तहरुलाई खुनडाँडा अन्तरगत कारबाही प्रकृया अघि बढाइने बताइएको छ । आफ्ना बृद्धबृद्धा बाबुआमामाथि आक्रमण भएको थाहा पाएपछि बचाउकालागि गएका छोरा ५१ वर्षीय अमर गिरीको टाउकोमा गहिरो चोट लागेको छ । अमरको छोरा कुमार गिरी हल्ला गर्दै घटनास्थल पुगे लगत्तै लीलामायाँले लगाएको दुई तोला सुन लुटेर उनीहरु फरार भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण