अस्ट्रेलियामा प्रधानमन्त्री फेरिदै

१३ असार २०७०, बिहीबार ०२:२२ मा प्रकाशित

हेमन्त काफ्ले, सिडनी, १३ असार । अस्ट्रेलियाको सरकारमा रहेको लेबर पार्टीको नेतृत्व चयन प्रक्रीयामा बर्तमान प्रधानमन्त्री कमजोर सावित भएपछि मन्त्रिमण्डल फेरबदल हुने भएको छ । करिब ३ वर्ष पछि भूतपूर्व प्रधानमन्त्री केभिन रड पुन प्रधानमन्त्री नियुक्त हुने लगभग पक्का भएको छ ।

सरकारमा रहेको लेबर पार्टीको नेतृत्व चयन प्रक्रीया अन्र्तगत आपसी चुनावमा वर्तमान प्रधानमन्त्री जुलिया गिलार्ड प्रतिद्धन्द्धी केभिन रडस“ग १२ मतले हार ब्योहोरेपछि यो परिवर्तन हुन लागेको हो । एक बर्Èपहिले पनि यसै प्रकारको चुनाव भएको भएपनि केभिन रडले पराजय ब्योहोरेका थिए । बुधबार भएको निर्वाचनको परिण्ँमसगै प्रधानमन्त्रीका साथै सरकारको महत्वपूर्ण नेतृत्व परिवर्तन हुने निश्चित भएको छ । अस्ट्रेलियाको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बन्न सफल बनेकी जुलिया गिलार्डले करिव ३ वर्ष बढि सत्ता सञ्चालन गरिन् ।

हारेपछि पत्रकार सम्मेलनमा प्रधानमन्त्री जुलिया गिलार्डले यहा“को गभर्मेन्ट जनरल सामु राजीनामा दिने बताएकी छन् । उनले रडलाई जितका लागि बधाई समेत दिएकी छिन् । आङ्खनो पार्टीको नेतृत्व चयनमा हार ब्योहोरेकाले अब हुने संसदीय निर्वाचनमा आफू सहभागी नहुने उनले जानकारी दिइन् । यो आन्तरिक निर्वाचनस“गै सरकारमा रहेको पार्टीको नेतृत्वमा समेत परिवर्तन हुने स्थानीय सञ्चारमाध्यमले संकेत गरेका छन् ।

नयाँ प्रधानमन्त्रिको रुपमा केभिन रडको नाम दिएको छ भने एन्थोनी अल्बानिज उपप्रधानमन्त्री रकरिस बाओन अर्थमन्त्रीका रुपमा चर्चामा आएका छन। सन् २०१० मा यसै प्रक्रीया अनुसार केभिन रडलाई पाखा लगाएर गिलार्ड प्रधानमन्त्री बनेकी थिइन् । सन्चारमाध्यमहरुले जुलिया गिलार्ड लेबर पार्टी भित्र नेताको रुपमा पकड गुमाउदै गएको मतहरु सार्वजनिक गरेका थिए । लेबरपार्टीका केभिन रडलाई भने सामुहिक नेताका रुपमा प्रस्तुत गरिदै आएपछि पार्टीको आन्तरिक चुनावमा गिर्लाड असफल हुन पुगेकी थिइन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

एजेन्सी । बलुचिस्तानको राजधानी क्वेटाको सरयाब रोडमा कारमा भएको बन्दुक आक्रमणमा परी चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

लन्डन। बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेनी-रूस सीमामा तनाव बढेको बारे छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जान लागेको, एक स्रोतले