अस्ट्रेलियाको अवैतनिक महावाणिज्य दूतमा दिपक धमला

१३ असार २०७०, बिहीबार ०२:१५ मा प्रकाशित

नविन पन्त, अस्ट्रेलिया । नेपाल सरकारले साउथ अस्ट्रेलियाको लागि नियुक्त गरेको अवैतनिक महावाणिज्य दूत दिपक धमलाले आज एक कार्यक्रमका बीच ओहोदाको प्रमाणपत्र लिएका छन् । साथै महावाणिज्य दूतावासको पनि उदघाटन गरिएको छ । राजदूत रुद्र कुमार नेपाल र सिस्टाचार महापाल बेभरी स्मार्टले महावाणिज्य दूतावासको उद्घाटन गर्नुभएको हो । उद्घाटनलाई सम्बोधन गर्दै नेपालले महावाणिज्य दुताबासको स्थापनाबाट साउथ अस्ट्रेलियामा रहेका नेपालीको समुदायलाई परि आउने काउन्सिलर सम्बन्धि विभिन्न समस्यामा सहयोग मिल्ने र नेपाललाई यस क्षेत्रमा चिनाउन सहयोग पुग्ने छ ।
साउथ अस्ट्रेलिया र नेपालको ब्यापारिक, पर्यटकीय साथै अरु सम्बन्धहरुको दयारालाई फराकिलो पार्दै लैजान ठुलो मदत पुग्ने छ । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता थियो भने कार्यक्रम उपनियोग प्रमुख लोक बहादुर थापाले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत