नेवि संघको महाधिवेशन भदौ अन्तिम साता गर्ने निर्णय

१२ असार २०७०, बुधबार २२:०९ मा प्रकाशित

काठमाडौं, १२ असार । दुई पटक महाधिवेशनको मिति तोकिएर पनि दुईपटक नै आन्तरिक विवादका कारण स्थगित हुन पुगेको नेवि संघको महाधिवेशन आगामी भदौ २८ देखि ३० गतेसम्म राजधानीमा हुने तय गरिएको छ । स्वाथोपचारका लागि अमेरिका जाने तयारीमा रहेका कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा बुधबार बसेको पदाधिकारी र नेविसंघ नेतृत्वबीचको छलफलले नेवि संघ महाधिवेशनको मिति तोकेको हो । कांग्रेस पार्टी एक भएदेखि नेवि संघको महाधिवेशन हुन सकेको छैन ।
पटक पटक मिति तोकेर पनि महाधिवेशन नभएको सन्दर्भमा अझै महाधिवेशन हुनेमा आशंका उठाइए पनि अब कुनै विवाद नरहेकाले महाधिवेशन हुनेमा शंका नगर्न नेविसंघका अध्यक्ष रञ्जित कर्णले आग्रह गरे । मिति घोषणाको औपचारिक रुपले सार्वजनिकीकरण भने केही दिनमा गर्ने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा