कांग्रेस सभासद् लक्ष्मी परियार माथि आक्रमण

२६ चैत्र २०६८, आईतवार २०:०५ मा प्रकाशित

उदयपुर, चैत २६ । कांग्रेस सभासद् लक्ष्मी परियारलाई युवाहरुको एक समूहले कुटपिट गरेका छन् । सो समुहले सभासद् लक्ष्मी परियारलाई उदयपुरको त्रियुगा नगरपालिका ८ बगहास्थित सालधारी चौकमा आइतबार बिहान आक्रमण गरेका हुन् ।

ना ३ ख ५०७२ नम्बरको परेली यातायतमा काठमाडौंबाट गाइघाट आउँदै गरेकी सभासद् परियारलाई बिहान ५ बजे सालधारी चौकमा बस रोकेर ८/९ जनाको समूहले कुटपिट गरेको हुन्। उनलाई परियारसँगै एउटै बसमा चढेर आएका राजन मगरको समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

काठमाडौबाटसँगै आएका मगरसँग बाटोमा सभासद् परियारका कान्छा भाइ सन्दिप टेलरसँग वादविवाद भएको बिषयलाई लिएर युवकको समूहले बस रोकेर तल झारेर कुटपिट गरेको परियारले वताइन् । कुटपिटबाट परियारको अनुहार र तिघ्रामा चोट लागेको छ ।

सँगै आएका मगरले बोलाएको युवक समूहले भाइलाई कुट्न खोज्दा बचाउ गरेको भन्दै आफूलाई पनि लात्तै-लात्तले हानेको सभासद् उनले वताइन् ।

सभासद् परियारकालाई कुटपिट गर्ने समूहको पहिचान भइसके पनि पक्रन नसकेको प्रहरीले बताएको छ।’

परियार कांग्रेसकी समानुपातिक सभासद् हुन् । उनी कांग्रेस क्षेत्र नम्वर १ उदयपुरको क्षेत्रिय सम्मेलनमा भाग लिन आएकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान

विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१

चितवन । चितवनकाे भरतपुर महानगर पालिका ५ कैलाश नगरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ट्याक्टर चालककोमृत्यु भएको छ । आज