गोलमेच सम्मेलन सम्भव नरहेको गच्छदारको स्पस्टोक्ति

१२ असार २०७०, बुधबार १७:२९ मा प्रकाशित

काठमाडौं, १२ असार । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले आफूहरु निर्वाचन रोक्ने पक्षमा नभएको र सबैसँग लचिलो भएर छलफल गर्न तयार रहेको बताएका छन्। यतिबेला उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका विजयकुमार गच्छदारले मंसिर ४ गतेको लागि घोषित संविधानसभाको निर्वाचन स्वीकारे नेकपा–माओवादीले भनेजस्तो विघठित संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरूको सभा बोलाउन आफूहरु तयार रहेको पनि बताए ।
राजधानीमा अयोजित एक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेता गच्छदारले मोहन बैद्यजीले पनि चुनाव मान्ने हो भने विघठित संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको सभा बोलाएर सबै विषयमा छलफल गर्न प्रमुख दलहरु तयार रहेको उल्लेख गरे । तर, दलको गोलमेच सम्मेलन भने अहिले सम्भव नरहेको उनको धारणा थियो ।
निर्वाचनको लागि अरु दललाई समेत उच्चस्तरीय राजनीतिक समितिमा ल्याउन तयार भएको स्पष्ट पार्दै उनले भने– कुनै दल चुनावमा नआउँदैमा चुनाव हुँदैन भन्ने सोच्नु हुँदैन। कोही चुनावमा नआउँदैमा मुलुक बन्धक भएर रहन सक्दैन। चुनाव भन्दा बाहिर कुनै पनि दल रहन सक्ने अवस्था छैन। बैद्यजी पछिल्लो समयमा लचिलो हुँदै आउनु भएको छ, गच्छदारले फेरि ३३ दलभित्रै धेरै दलपनि निर्वाचनमा जान तयार रहेकोले उहाँ पनि निर्वाचनमा आउनु हुन्छ।ु
उनले संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा विस्तारको अन्तिम तयारी भईरहेको जानकारी दिदै मोर्चामा सहभागि गराउने विषयमा उपेन्द्र यादवसँग अहिलेसम्म कुनै छलफल नभएको स्पष्ट पारे।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस