सुजाता भन्छिन्- कांग्रेसमा घुसपैठिया बढे !

१२ असार २०७०, बुधबार १४:३४ मा प्रकाशित

काठमाडौं, १२ असार । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले स्वच्छ चुनाव भएमा आगामी संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउने दाबी गरेकी छिन् । नेपाल प्रेस युनियनद्धारा बुधबार धनकुटामा आयोजित पत्रकार सम्मेलनमा उनले निश्पक्ष चुनाव हुनेमा चाहिँ आफूलाई अहिले नै शंका लागेको बताइन् ।
कोइरालाले कांग्रेसभित्र स्वाथी जमात बढ्दै गएको र यसले कांग्रेसलाई कमजोर पार्ने सम्भावना रहेको औंल्याउँदै अपठयारो परिस्थतिका कारण त्यस्ता घुसपैठियाहरुलाई कारबाही गर्न पनि नसकेको अभिव्यक्ति दिइन् । जातिय नारा दिएर विभिन्न पार्टी र संगठनले देश बिगार्ने काम गरेको आरोप लगाउँदै नेतृ कोइरालाले कांग्रेस कुनै पनि हालतमा जातिय नाराका पछाडि नलाग्ने उल्लेख गरिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४