लुम्बिनीको विकासमा सरकार उदास रहेको आरोप

१२ असार २०७०, बुधबार ०८:३८ मा प्रकाशित

काठमाडौं, १२ असार । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकासमा कोरा ओठेभक्ति मात्र प्रदर्शन गरेर सरकारले झारा टार्ने प्रवृत्ति दर्शाएको नेपाल रिपब्लिक पार्टीले आरोप लगाएको छ । सरकारी कार्यगत उदासीनताप्रति गम्भीर क्षोभ व्यक्त गर्दै सो पार्टीका प्रेसिडेन्ट सिद्धार्थ गौतमले लुम्बिनी तथा बृहत्तर लुम्बिनी क्षेत्रको वास्तविक, सर्वाङ्गीण एवम् अर्थपूर्ण विकासका लागि चाँडोभन्दा चाँडो कार्यक्रम सम्पन्न गर्न नेपाल सरकारसँग माग गरेका छन् । 
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई एक ज्ञापनपत्र बुझाउँदै प्रेसिडेन्ट गौतमले लुम्बिनी विकास कोषमा भएको हालको नियुक्ति तत्काल खारेज गर्न माग गरेका छन् । अध्यक्ष रेग्मीसमक्ष पेस गरिएको ५१बुँदे ज्ञापनपत्रमा लुम्बिनी विकास कोषको नेतृत्व लुम्बिनीमा आस्था राख्ने र यस क्षेत्रको विकासमा सक्रिय लुम्बिनीवासीलाई नै दिनुपर्ने, लुम्बिनी विकासका लागि प्रो. केन्जो टाँगेले बनाएको गुरुयोजनालाई उच्च प्राथमिकतासाथ शीघ्र कार्यान्वयन गर्नुपर्ने, बृहत्तर लुम्बिनी क्षेत्रमा बुद्धकालीन समय र वातावरणको सम्झना आउने गरी वन, जङ्गल, उपवन आदिको व्यवस्था मिलाइनुपर्ने, विश्वको सबैभन्दा पुरानो सम्वत् बुद्ध सम्वत्लाई राष्ट्रिय सम्वत्को रूपमा मान्यता दिनुपर्ने, लुम्बिनी क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको बौद्ध अध्ययन तथा अनुसन्धान केन्द्र, बौद्ध म्युजियम तथा अन्तर्राष्ट्रिय सम्मेलन तथा सेमिनारहरू सम्पन्न हुन सक्ने सुविधासम्पन्न सभागृहको निर्माण गरिनुपर्ने, लुम्बिनी विकासका नाममा चीन वा कुनै पनि कम्युनिस्ट मुलुकको सहायता तथा सहभागिता अस्वीकार गरिनुपर्ने, भारतीय तीर्थयात्रीहरूका लागि छुट्टै सुविधासम्पन्न बहुमुखी केन्द्र स्थापना गरिनुपर्नेलगायत माग उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास