एकमहिने आयोगको बाह्र दिनमा शपथ

१२ असार २०७०, बुधबार ०८:१४ मा प्रकाशित

काठमाडौं, १२ असार । निर्वाचन क्षेत्र निर्धारण गर्न भन्दै एकमहिने म्याद दिएर सरकारले गठन गरेको निर्वाचन क्षेत्र निधारण आयोगका पदाधिकारीलाई शपथग्रहण गराउनै १२ दिन लाग्यो भने निर्वाचन क्षेत्र निर्धारण गर्न कति दिन लाग्ला ? निर्वाचन क्षेत्र नबढाउने गरी सरकारले निर्वाचनको मिति घोषणा गरेकै दिन जेठ ३० मा निर्वाचन क्षेत्र निर्धारण आयोग बनाएको थियो । 

आयोग बनाए पनि पदाधिकारीलाई शपथ नगराएका कारण उनीहरू घरमै थन्किएर बस्न बाध्य भएका थिए । शपथ नलिए काम नथाल्ले आयोगका प्रमुख एवम् सर्वोच्च अदालतका पूर्वन्यायाधीश ताहिर अली अन्सारीले अडान लिएपछि आयोगले काम सुरु गर्न सकेको थिएन । ‘एक महिनाको समय दिएर निर्वाचन क्षेत्र निर्धारण गर्न आयोग गठन गरिए पनि १२ दिनसम्म काम थाल्न नपाउँदा तोकिएकै समयमा आयोगले आफ्नो काम सक्ने सम्भावना ज्यादै कम रहेको आयोगकै एक सदस्यले बताए । ती सदस्यले भने, ‘शपथग्रहण गर्दै यति लामो समय लाग्यो भने निर्वाचन क्षेत्र निर्धाण गरी सरकारलाई फाइनल प्रतिवेदन बुझाउन कति समय लाग्ला ?’
आयोगले अरू कसैले तय गरेको निर्वाचन क्षेत्रलाई गोलमटोल गरे मात्र तोकिएको समयमा प्रतिवेदन बुझाउन सक्छ । फिल्डमै खटिएर आफ्नो मौलिकता प्रस्तुत गरी गहन अध्ययनबाट निर्वाचन क्षेत्र निर्धारण गरे कम्तीमा पनि दुई महिनाभन्दा बढी समय लाग्ने आयोगका पदाधिकारीले बताउँदै आएका छन् । तर, निर्वाचन आयोगले छिटो निर्वाचन क्षेत्र निर्धारण गर्न भनिरहेको छ । निर्वाचन क्षेत्र निर्धारण नभएसम्म निर्वाचन आयोगलाई फिल्डमै खटिएर काम गर्न कठिन पर्छ । आयोगलाई दुई सय ४० वटा चुनाव क्षेत्रलाई घटाउन वा बढाउन अधिकार भने छैन । तर, आयोगले जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र तय गर्नेछ । अघिल्लो संविधानसभाको चुनावमा दुई सय ५ निर्वाचन क्षेत्रमा ३५ क्षेत्र थपेर दुई सय ४० बनाइएको थियो ।
यद्यपि आयोगले समयमै काम सक्ने प्रतिबद्धता जनाएको छ । आयोगका प्रमुख अन्सारीले तोकिएकै समयमा आफ्नो प्रतिवेदन पेस गर्ने प्रतिबद्धता जनाएका छन् । पद तथा गोपनीयताका शपथ खाएपछि उनले यस्तो बताएका हुन् । मंगलबार सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले आयोगका अध्यक्ष ताहिर अली अन्सारीलाई शपथग्रहण गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र