अपराधी पक्राउ पर्दा इन्स्पेक्टरको छटपटी

१२ असार २०७०, बुधबार ०८:०६ मा प्रकाशित

काठमाडौं, १२ असार । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न भएको प्रमाणसहित अनुज प्रधान नामक व्यक्ति पक्राउ परेपछि दरबारमार्गस्थित प्रहरी प्रभागका प्रमुख कुमुद ढुङ्गेल छटपटिएका छन् । आफूलाई ठाउँ र पात्रअनुसार अनुज प्रधान उर्फ रवि उर्फ राजीव सिंह प्रधानजस्ता नामले चिनाउँदै आएका निजसँगको पुरानो ‘व्यावसायिक’ सम्बन्धका कारण कुमुद त्यसरी छटपटिएका बुझिएको छ । केही वर्षअघिसम्म चोरीका गाडीहरूको व्यापारमा समेत संलग्न रहेका अनुजसँग हनुमानढोकाको घुमुवाको रूपमा रहँदा कुमुदको कसिलो सम्बन्ध कायम भएको थियो र कुमुदले अनुजसँग व्यापारिक साझेदारीसमेत गरेको बताइन्छ । पूर्व वरिष्ठ प्रहरी उपरीक्षक हेमन्त पालको सालो नाताका अनुजले पाल त्रिभुवन विमानस्थलमा रहँदा निकै छुट पाएका थिए । भनिन्छ, त्यसबेलादेखि नै अनुज नक्कली भारुको कारोबारमा संलग्न रहँदै आएका हुन् । 
कुमुदले अनुजमार्फत करोडौँ रुपैयाँ ब्याजमा समेत लगाउने गरेको अनुजका निकटवर्तीहरूको भनाइ छ । अनुजको गिरफ्तारीसँगै आफ्नो पोल खुल्ने भयले इन्स्पेक्टर कुमुद त्रसित भएका हुन् । दरबारमार्ग र आसपासका व्यापारीलाई आतङ्कित तुल्याएर मोटो रकम असुल्ने धन्दामा सक्रिय रहँदै आएका कुमुदकै संरक्षणमा अनुजले नक्कली भारुको करोबार गर्ने गरेको बताउन थालिएको छ । नेपाल प्रहरीका इन्स्पेक्टरहरूमध्ये सबभन्दा धनी व्यक्तिका रूपमा समेत चिनिने कुमुदलाई माथिल्लो तहका केही हाकिमले विशेष ‘माया–ममता’ गर्ने गरेकोले उनले राजधानीबाट बाहिर कहिल्यै सरुवा हुनु नपरेको बताइन्छ । लामो समय घुमुवाको रूपमा रहँदा राजधानीमा बसी दुई नम्बर धन्दामा संलग्न रहेका व्यक्तिहरूसँग कुमुदको गहिरो सम्बन्ध बनेको र त्यही सम्बन्धका कारण घुमुवाको ‘जिम्मेवारी’ पूरा गर्नेबित्तिकै दरबारमार्गजस्तो ‘मालदार’ ठाउँको प्रमुख बन्ने सौभाग्य प्राप्त गरेकोसमेत बताउन थालिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा