कतारका अमिरद्वारा सत्ता हस्तान्तरण

१२ असार २०७०, बुधबार ०७:५६ मा प्रकाशित

एजेन्सी । कतारका अमिर शेख हमाद बिन खालिफा अल थानीले आफ्ना ३३ वर्षिय छोरा शेख तमिम बिन हमाद अल थानीलाई सत्ता हस्तान्तरण गरेका छन् । १० वर्षअघि नै तमिम उत्तराधिकारी घोषित गरिएका थिए । मंगलबार बिहान कतारी टेलिभिजनबाट जनतालाई सम्बोधन गर्दै हमादले तमिमलाई सत्ता सुम्पेको घोषणा गरेका हुन् । १९८० मा जन्मिएका उत्तराधिकारी तमिम अमिर हमादका दोश्रो पत्नी शेखा मोजाका छोरा हुन् । उनका दाईले छोडिदिएपछि तमिम उत्तराधिकारी भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अमिर हमादले टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दै नयाँ जिम्मेवारी पाएका पुत्र तमिमले जिम्मेवारीलाई निर्धक्कका साथ उठाउन सक्नेमा आफू विश्वस्त रहेको बताए । प्रत्यक्ष सम्बोधनका क्रममा अमिर हमाद र उनका छोरा तमिम प्रसन्न थिए । सम्बोधन गर्नुअघि अमिर हमादले राजकीय परिवार र कतारी समाजका उच्च सदस्यहरुलाई भेटेका थिए ।
कतारी कुटनीतिकहरुले अमिर हमादले राज्यलाई युवा नेता दिएर बिश्वलाई नयाँ सन्देश दिएको बताएका छन् । बेलायती शिक्षा लिएका उत्तराधिकारी शेख तमिम हाल सेनाका डेपुटी कमाण्डर हुन् । उनी नेशनल ओलम्पीक समितिका अध्यक्ष हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । बलुचिस्तानको राजधानी क्वेटाको सरयाब रोडमा कारमा भएको बन्दुक आक्रमणमा परी चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

लन्डन। बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेनी-रूस सीमामा तनाव बढेको बारे छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जान लागेको, एक स्रोतले

एजेन्सी । बलुचिस्तानको राजधानी क्वेटाको सरयाब रोडमा कारमा भएको बन्दुक आक्रमणमा परी चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

एजेन्सी । चीनमा बेइजिङनजिकैको क्षेत्रमा लकडाउन गरिएको छ । कोभिड संक्रमित देखिएपछि यसै साता चीनको राजधानीबाट १०० किलोमिटर दक्षिण पश्चिममा