शिक्षकले लिंग देखाउँदै बलात्कारको प्रयास गरेपछि…

१२ असार २०७०, बुधबार ०७:०१ मा प्रकाशित

काठमाडौं, १२ असार । गोरखास्थित महेन्द्र ज्योती उच्च माविमा कक्षा ७ मा पढ्ने एक १३ वर्षीया छात्रा धाराबाट पानी लिएर फर्कँदै थिइन् । गोरखा सदरमुकामकै सेन्ट जोसेफ बोर्डिङ स्कुलका शिक्षक रामजी पाण्डेले आफ्नो लिंग खुला राख्दै ती किशोरीलाई समात्ने प्रयास गरे । लिंग देखाउँदै आफूतिर लम्केका शिक्षक देखेर डराएकी किशोरी उम्केर भाग्न थालिन्, तर कामोत्तेजनाले अन्धो बन्न पुगेका पाण्डे किशोरीको पछि पछि कुँदे । तर भेट्न नसकेपछि पाण्डे त्यत्तिकै ठण्डा भए । घटना गत सोमवार साझको हो । यसरी एक शिक्षकद्वारा अर्कै स्कूलकी छात्रामाथि भएको बलात्कारको प्रयास छुप्न सकेन । पीडित छात्राले यसअघि पनि पटक पटक ती शिक्षकले आफूमाथि बलात्कारको प्रयास गरेको खुलासा गरेपछि घटनाले ठूलो रुप लियो । फलतः हिजो मंगलबार जिल्ला प्रहरी कार्यालयमा अनौठो दृष्य देखियो। महेन्द्रज्योती उच्च माविको विद्यालय पोसाक लगाएका करिब तीन सय छात्रछात्रा नाराजुलुस गर्दै विद्यार्थीको इज्जत लुट्न खोज्ने शिक्षकलाई कारवाही गर्नु पर्ने माग राख्दै पुगेपछि एकछिन त प्रहरीहरु पनि छक्क परे । कुनै घटनाको उजुरी दिन त्यसरी जुलुस आएको घटना प्रहरीका लागि नौलो थियो ।
उक्त घटना थाहा भएपछि सबै विद्यार्थी र शिक्षक दुर्ब्यवहार गर्ने शिक्षकलाई कडा कारवाहीको माग गर्दै विद्यालय नै बन्द गरेर कारबाहीको दवाब दिन त्यसरी प्रहरीमा पुगेका थिए। नाराजुलुस गर्दै आएको विद्यालयका शिक्षक स्टाफ, विद्यार्थी, अविभावक सहितको टोलीले शिक्षकलाई कारवाहीको माग राख्दै प्रहरीमा ठाडो उजुरी दिएका छन्।
उता पीडक भनिएका शिक्षक पाण्डेले आफूलाई फसाउन खोजिएको भन्दै टक्टकिन खोजेका छन् । आफू पिसाव गरिरहेको बेला ती किशोरी झ्यास्स अघिल्तिर आइपुगेको र आफैं तर्सिएर भागेको उनको तर्क छ । प्रहरीले यस विषयमा पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । दोषी ठहर भए ऐनबमोजिम कारबाही गरिने वचन दिएपछि नारा जुलुस गर्ने विद्यार्थीको आक्रोश साम्य भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।