सुष्माले छाडेपछि सुदर्शन पूजातिर

१२ असार २०७०, बुधबार ०१:४२ मा प्रकाशित

काठमाडौं। सुदर्शन थापा लभस्टोरी र संगीतप्रधान चलचित्र बनाउन खुबी राख्ने युवा निर्देशकमा परिचित छन्। ‘मेरो एउटा साथी छ’ चलचित्र निर्देशन गरेर चर्चामा आएका सुदर्शनलाई सोही चलचित्रले रजतपटमा स्थापित गराइदिएको हो। त्यसपछि उनले ‘के यो माया हो’ चलचित्र निर्देशन गरे। सो चलचित्रमा उनले आफ्नी प्रेमिका सुष्मा कार्कीलाई मुख्य नायिका बनाएका थिए।
सुष्मालाई नायिकामा स्थापित गराउनमा सुदर्शनको प्रमुख हात रहेको सबैले जानेबुझेकै कुरा हो। आफैंले नायिका बनाएकी सुष्मासागको करिब पाँच वर्षको प्रेम सम्बन्ध टुटेपछि सुदर्शन एक्लै बस्दै थिए। यसैबेला उनले बाबुराम दाहालले निर्माण गरेको ‘धन्दा’ चलचित्रको निर्देशन गरे। सो चलचित्रमा उनले आफैंले लगानी पनि गरे। व्यावसायिक रूपले धन्दाले धेरै पैसा नकमाए पनि निर्देशकका रूपमा सुदर्शनको भने निकै चर्चा भयो। सुष्माले छाडेको दुई वर्षपछि अहिले आएर सुदर्शन अर्की नायिकासाग नजिकिएका छन्। ती नायिकाको नाम हो पूजा शर्मा।
ललितपुर जावलाखेल घर भएकी पूजा ‘थ्री लभर्स’ चलचित्रबाट नेपाली रजतपटमा प्रवेश गरेकी हुन्। सुरेश दर्पण पोखरेलले निर्देशन गरेको ‘थ्री लभर्स’ मा प्रियंका कार्कीले नै बढी चर्चा पाइन्। प्रियंकाको अघि पूजाको अभिनयबारे कुनै टीकाटिप्पणी नै भएन। तैपनि पूजाले महसुस चलचित्रमा अभिनय गर्ने मौका पाइन्। महसुस चलचित्रका निर्देशक सुदर्शन नै हुन्। महसुसका निर्माता गीतकार तथा धन्दा चलचित्रका निर्माता बाबुराम दाहाल हुन्। सोही चलचित्रको सुटिङदेखि पूजा र सुदर्शनबीच प्रेम सम्बन्ध झांगिएको स्रोतले बताएको छ। महसुस यतिखेर प्रदर्शनका लागि तयार भएको छ। महसुसको प्रचार प्रसारमा पनि पूजा र सुदर्शन सागसागै देखिने गरेका छन्। महसुसमा नायक आर्यन सिग्देल छन्। आर्यन सुदर्शनकै अति मिल्ने साथी हुन्। तर महसुस चलचित्रमा आर्यन र पूजाको भन्दा सुदर्शन र पूजाको बढी चर्चा हुने गरेको कलाकारहरू बताउँछन्।
सुष्माले छाडेपछि सुदर्शन निकै फ्रस्टेसन बनेका थिए, तर अहिले पूजा भेट भएपछि सुदर्शन खुसी देखिएका छन्, स्रोतले भन्यो। सुदर्शनले बिहे गर्ने गरी सुष्मालाई प्रेम गरे पनि सुष्माले नै एकतर्फी रूपमा प्रेम सम्बन्ध तोडेकी थिइन्। सुदर्शनसाग सम्बन्ध तोडेपछि केही समय एक्लै बसेकी सुष्मा त्यसपछि संगीतकार नरेन तण्डुकारसाग सागै बस्न थालिन्। तर डेढ वर्ष नरेनसाग लिभिङ टुगेदर बसेपछि सुष्माको उनीसाग पनि सम्बन्ध टुटेको छ। सुष्मा अहिले आफ्नो आमासाग बस्दै आएकी छन्। सुदर्शनसाग प्रेम सम्बन्ध बिग्रिएपछि सुष्माले राजु गिरीको निर्देशनमा बनेको बिन्दास चलचित्र अभिनय गरेकी थिइन्। जुन चलचित्रले सुष्मालाई निकै चर्चा दिलाएको थियो। बिन्दासअघि लूट चलचित्रमा गरेको आइटम नृत्यले उनलाई नाम र दाम दुवै दिलाएको थियो। अहिले नरेनसाग अलग भएपछि सुष्माले राजु गिरीले नै निर्देशन गरेको बिन्दास २ चलचित्रमा अभिनय गरेकी छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बलिउड अभिनेत्रीहरू बिकिनी फोटोका कारण जहिल्यै चर्चामा रहन्छन् । बलिउडका सुन्दर र स्टाइलिस्ट अभिनेत्रीहरू प्रायः बिकिनी लगाएर आफ्नो

काठमाडौं । भारतीय टेलिभिजन अभिनेत्री श्वेता तिवारी हालै आफ्नो वेब शोसँग जोडिएको एक इभेन्टका लागि भोपाल पुगेकी थिइन् । श्वेतासँगै

काठमाडौं । दक्षिण भारतीय लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्तले गत १७ जनवरीमा सम्बन्धविच्छेदको घोषणा गरे । विवाहको करिब १८

काठमाडौं । बलिउड अभिनेत्री तथा टेलिभिजन स्टार मौनी राय वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले बिहीबार आफ्ना प्रेमी सुरज नाम्बियारसँग