रेजिनाद्वारा पचास लाखमा धोकाधडी, निर्मात्री कविताको बेहाल

१२ असार २०७०, बुधबार ०१:३९ मा प्रकाशित

काठमाडौं। केही समय अघिसम्म अंकमाल गर्दै हिंड्ने नायिका रेजिना उप्रेती र निर्मात्री कविता श्रेष्ठबीच अहिले काटमारकै अवस्था सिर्जना भएको छ। सिनेमा बनाएर आफूलाई फँसाएको भन्दै कविता निर्माता संघ र हनुमान ढोका प्रहरी परिसरको ढोका ढकढकाइरहेकी छिन्। रेजिना भने अहिले कमला श्रेष्ठसँग ब्यूटिसियनको तालिम लिइरहेकी छिन्। उनको योजना केही दिनमै यूके उड्ने र त्यहाँ रहेका प्रेमीसँग बिहे गर्नेछ। तर यता निर्मात्री श्रेष्ठ भने ‘बरदान’ बनाउँदा भएको सहमति अनुसार, रेजिनाले रकम नतिरेको भन्दै आक्रोशित भएकी छिन्। ‘बरदान’ बनाउँदा रेजिनाले आफूलाई फकाएर ठगेको आरोप उनको छ। आखिर के हो त रेजिना र कविताको जुहारीको मुख्य जड, हामीले कविताकै भाषामा यहाँ प्रस्तुत गरेका छौंः चलचित्र ‘बरदान’ आफ्नो नाउँमा बनाउँदा सिनेमा भयंकर चल्ने सोचाइ थियो रेजिनाको। उनले रेजिना फिल्मस् दर्ता गरेपनि तीनबर्षसम्म कुनै सिनेमा बनाउन सकेकी थिइनन्। यसैले पनि उनले मलाई दश लाख लगानी गरिदिनुहोस्, अरु म गर्छु भनिन्। मैले पनि बैनीको नाताले हुन्छ भन्दै छायांकन सुरु गरें। तर रेजिनाले एक रुपिँया पनि निकाल्ने कुरा नै गरिनन्। यसपश्चात मैले अब पैसा छैन भन्दै छायांकन रोक्ने बताए। तर रेजिनाले आफूले ब्याज समेत तिर्ने भन्दै बाँकी रकम हाल्नु भनिन्। उनीसँग १५ लाखसम्मको कुनै ब्याज नलिने यसपश्चात लागेको रकमको चौबिस प्रतिशत ब्याज रेजिनाले दिने सहमति भयो।
तर आज रेजिना मेरो सम्पर्क भन्दा बाहिर छिन्। उनले विदेशमा दश लाख रकम उठाएर मलाई जम्मा सत्तरी हजार ल्याएर दिएकी छिन्। मैले उनको यूकेमा रहेका प्रेमी सुरजलाई पनि कुरा गरे। उनले रेजिनासँग कुरा गर्छु भने तर केही गरेनन्। रेजिनालाई लागेको थियो आफ्नो नाम जोडिएपछि सिनेमाले प्रशस्त पैसा कमाउँछ। तर आज उनी एक रुपियाँ पनि नतिरी यूके भाग्न लागेकी छिन्। उनी हाल कमला श्रेष्ठसँग ब्यूटीपार्लरको तालिम लिइरहेकी छिन्। म उनलाई यूके गएपनि छोड्दिन। किनकि सिनेमा बनाएपछि सम्झौता अनुसार, घाटा र नाफाको हिसाब गर्न सक्नुपर्छ। यूके गएपनि म नेपाली राजदूतावास मार्फत उनलाई यूकेमै कारबाही गरेरै छोड्छु। मैले रेजिनाका प्रेमीलाई पैसा नपाएपनि उनको बेइज्जत गरेरै छोड्छु भनेकी छु। मैले निर्माता संघमा उजुरी दिइसकंे, अब हनुमान ढोका प्रहरीमा पनि पुग्छु। यता नायिका रेजिना उप्रेती भने कविताको कुरालाई ठाडै अस्वीकार गर्छिन्। रेजिना फिल्मस् आफ्नो नाउँमा भएकाले कसैले पनि मुद्दा दायर गर्न नसक्ने भनाई रेजिनाको छ। ‘आफ्नै नाममा भएको फिल्म कम्पनी विरुद्ध कसरी कविताजीले मुद्दा हाल्न सक्नुहुन्छ र?’ रेजिना भन्छिन्। रेजिना चलचित्रको च्यारेटी शो र विदेशको प्रदर्शन गरेर कवितालाई पाँच लाख दिएको बताउँछिन्। बाँकी रकम आफूले दिन नसक्ने रेजिनाको भनाई छ।
रेजिना ६ महिनामा दशलाख दिन तयार
कविता हनुमान ढोका नै जाने
नायिका रेजिना उप्रेती र निर्मात्री कविता श्रेष्ठबीचको लफडा सुल्झने सम्भावना देखिएको छैन। निर्माता संघमा असार ४ गते मंगलबार भएको छलफलमा कुरा नमिलेपछि निर्मात्री कविता श्रेष्ठले हुनमान ढोका नै जाने बताएकी छिन्। सुरुमा रेजिना र कविताबीच छलफल भएको थियो। कविताले आफूलाई तत्काल दश लाख दिएको खण्डमा अरु रकम नलिने बताएकी थिइन्। तर नायिका उप्रेतीले तत्काल यति रकम दिन नसक्ने भन्दै ६ महिनाभित्र मात्र तिर्न सक्ने बताएकी थिइन्। रेजिनासँग कुरा नमिलेपछि आफू उठेर हिंडेको जानकारी निर्मात्री श्रेष्ठले दिएकी छिन्। रेजिनाले अठार लाखको २४ प्रतिशत ब्याजका हिसाबले २६ महिनाको रकम तिर्नुपर्ने भएतापनि आफूले दश लाख मात्र तत्काल दिन भनेको कविताको भनाई छ। यता निर्माता संघको न्यायिक समितिले कुरा नमिले हनुमानढोका प्रहरी परिसरमा पत्र पठाउने बताएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा एकपटक भएको विवाहलाई सात जन्मसम्मका लागि मान्ने चलन छ । तर एक अमेरिकी अभिनेत्री पामेला एन्डरसनले आफ्नो

काठमाडौं।बलिउड-हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । उनले शुक्रबार राति १२ बजे इन्स्टाग्राममा एक पोस्टमार्फत यो जानकारी दिएकी

काठमाडौं । चर्चित टिभी निर्माता एकता कपुर ‘नागिन ६’ बाट चर्चामा आएकी छिन् । उनले यही शोका लागि अभिनेत्रीसँग सम्बन्धविच्छेद

काठमाडौं । दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको आज ३६औं जन्मजयन्ती हो । उनको निधन १४ जुन २०२० मा भएको थियो ।