पत्रकार भन्दै व्यवसायीलाई ब्ल्याकमेलिङ गरेपछि…

११ असार २०७०, मंगलवार २१:४८ मा प्रकाशित

काठमाडों, ११ असार । पत्रकार हौँ भन्दै व्यापारीलाई ब्ल्याकमेलिङ गर्ने वीरगञ्जका एक व्यक्तिलाई पीडित व्यवसायीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । वीरगञ्जबाट प्रकाशित हुने हाम्रो आफ्नै पत्रिका नामको दैनिक पत्रिकासँग सम्बन्धित व्यक्तिलाई व्यापारी धम्क्याएको अभियोगमा नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।
वीरगन्जको लिङ्क रोडस्थित जगदम्बा मोटर पार्टसको पसलमा तीनजनाको समूहमा पुगेका कथित पत्रकारहरुले भने जति पैसा नदिए राजस्वका कर्मचारी बोलाएर छापा मार्ने धम्की दिएका थिए । उनीहरुले सुरुमा पसको तस्बिर खिचेका र त्यसपछि दुई नम्बरी कारोबारबाट राजस्व छली गरेको भन्दै ब्ल्याकमेलिङ सुरु गरेका थिए । आजित भएपछि व्यावसायीले प्रहरीलाई फोन गरेका थिए । जगदम्बा अटो प्लाजाका सञ्चालक केदार कुमारले प्रतिक्रिया लिएर समाचार प्रसारण गर्नुस्, हामीलाई हैरान नगर्नुस भन्दा नमानेपछि वाध्य भएर प्रहरीलाई बोलाएको बताए । प्रहरीलाई फोन गर्न लागेपछि उनीहरु भागेका थिए । सय मिटरको दूरिसम्म दौडेर १ जनालाई पक्रिाउ गर्न व्यवसायी सफल भएका थिए । अन्य २ चाहिँ फरार भएको बताइएको छ । हाम्रो आफ्नै पत्रिका दैनिकका सम्वाददाता अमित अग्रवाललाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको हो । सोही पत्रिकाको प्रबन्ध निर्देशक र आफूलाई न्यूज २४ का पत्रकार बताउने २ जना फरार भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर