अमेरिकी सैनिक सहचारी र प्रधानसेनापतिबीच जंगीअड्डामा छलफल

११ असार २०७०, मंगलवार १७:५७ मा प्रकाशित

काठमाडौं, ११ असार । नवनियुक्त अमेरिकी सैनिक सहचारी लेफ्टिनेन्ट कर्णेल जी. मार्टिन र प्रधानसेनापति गोरवशमशेर राणाबीच मंगलबार भेटवार्ता भएको छ । जंगी अड्डामा भएको शिष्टाचार भेटका क्रममा द्विपक्षीय आपसी हितका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 
काठमाडौस्थित अमेरिकी राजदुतावासको सैनिक सहचारी कर्णेल ग्रेगरी एस. वीन्स्टन आफ्नो कार्यकाल पूरा गरी स्वदेश फिर्ता हुन लाग्नुभएको र उहाँको बदलामा मार्टिन नवनियुक्त सैनिक सहचारीका रुपमा नेपाल आउनुभएको हो ।
भेटघाटका क्रममा अमेरिकी सैनिक सहचारी मार्टिनले बलाधिकृत, सैनिक विनय महानिर्देशक, शान्ति सेना संचालन निर्देशक लगायत वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका केन्द्रपतिसँग समेत परिचयात्मक भेटघाट गर्नुभएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा