याङ र रेग्मीबीच भेटवार्ता, तीनवटा सहमतिपत्रमा हस्ताक्षर

११ असार २०७०, मंगलवार १७:३४ मा प्रकाशित

काठमाडौं, ११ असार । अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले एकचीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको बताएका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका चीनको राज्य परिषद्का स्टेट काउन्सिलरु याङ जेइचीसँग मंगलबार आफ्नै कार्यकक्षमा भेट गर्दै अध्यक्ष रेग्मीले एकचीन नीतिप्रतिको नेपालको अडान दोहोर्याउँदै नेपाली भूमिमा कुनै किसिमका चीन विरोधी गतिविधि हुननदिने बचन दिए । 
वार्ता र सहयोगको माध्यमबाट निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन तथा त्यसमा सबै राजनीतिक दललाई सामेल गर्ने प्रयास भइरहेको जानकारी पनि उनले चिनियाँ अतिथिलाई दिएका थिए। नेपालको सामाजिक–आर्थिक विकासका साथै शान्ति प्रक्रिया र संविधानसभाको निर्वाचनका लागि चीनले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै उनले त्यस्तो सहयोग भविष्यमा पनि बढ्दै जाने विश्वास व्यक्त गरे।
स्टेट काउन्सिलर याङले नेपालमा शान्ति कायम भई विकास भएको हेर्न चाहेको उल्लेख गर्दै आउँदो मङ्सिरमा चुनाव गराउने सरकारको निर्णयको चीनले स्वागत गरेको बताए। चुनावले राजनीतिक स्थिरताका निम्ति मार्ग प्रशस्त गर्ने र नेपाली जनताका चाहना एवम् अपेक्षा पूरा गर्ने दिशामा राजनीतिक दलहरूले आवश्यक कार्य गर्ने विश्वास पनि उनले व्यक्त गरेका थिए। उनले दुवै देशको पारस्परिक विकासका लागि विस्तृत सहयोगको सहकार्य गर्न चीनले चाहेको जानकारी गराए।
यसैबीच, नेपाल भ्रमणमा रहेका चिनियाँ सरकारका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच आपसी सहायता सम्बन्धी तीनवटा सहमतिपत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्रीको कार्यालय सिहदरवारमा मंगलबार मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र चिनियाँ स्टेट काउन्सिलर याङ्ग जेइचीको उपस्थितिमा चिनियाँ उपवाणिज्य मन्त्री जियाङ योपिङ र अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
चुनावमा चीन सरकारले गर्ने सहयोग , सशस्त्र प्रहरी एकेडेमी निर्माण र द्विपक्षीय आर्थिक साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता अनुसार चीन सरकारले नेपाललाई ४ अर्ब रुपैया सहयोग गर्ने छ।
चीन सरकारले नेपाललाई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान निर्माणका निम्ति तीन अर्ब ६० लाख अनुदानस्वरुप उपलब्ध गराउने भएको छ। संविधानसभाको निर्वाचनका लागि रु १५ करोड ४१ लाख मूल्य बराबरको भौतिक एवम् कार्यालय सामग्री प्रदान गर्न पनि चीन सरकार सहमत भएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४