कोरिया जान नपाएका युवाद्वारा आमरण अनसनको चेतावनी

११ असार २०७०, मंगलवार १७:१५ मा प्रकाशित

काठमाडौं, ११ असार । इपिएस गरेर पनि कोरिया जान नपाएका युवाहरुले सरकारले कुटनीतिक पहल नगर्दा आफूहरु जान नपाएको आरोप लगाएका छन् । कोरियाले परीक्षा पास गर्ने सबैलाई लैजाने भए पनि सरकारले कुटनीतिक पहल नगर्दा आफूहरु जान नपाएको उनीहरुको भनाई छ । 
२०११ मा लिइएको इपिएस परीक्षामा १५ हजार ६ सय युवा उर्तीण भएका थिए। सरकारले पहल नगर्दा ८ हजार मात्र कोरिया जान पाएका थिए भने बाँकी ७ हजार ६ सय त्यसै रहन पुगेका थिए। कोरिया जान नपाएका तिनै युवाले मंगलबार पत्रकार सम्मेलन गरी गुनासो गरेका हुन् ।
पहिलाकै परिक्षामा उत्तीर्ण भएकाहरु कोरिया जान नपाइरहेको अवस्थामा सरकारले फेरि ८ हजार २ सयको नयाँ परिक्षा लिने तयारी गरेपछि आफूहरु ठगिएको महसुस गरेर आन्दोलनमा उत्रनु पर्ने अवस्था आएको उनीहरुले बताए ।
पत्रकार सम्मेलनमा ईपीएसपीडितहरुले उर्तिण भएर पनि जान नपाएकालाई नयाँ उतिर्ण हुने संख्यामा समावेश गराइनु पर्ने, आफूहरुलाई कोरिया पठाउन पहल गर्नु पर्ने लगायतको माग राखे।
आफूहरुले समस्या समाधानको लागि श्रम मन्त्रीसँग पटक पटक कुरा गर्न चाहे पनि सधै बेवास्ता गरेको र सचिवले यस विषयमा आफूहरुले केही गर्न नसक्ने भनेर पन्छिएको उनीहरुको गुनासो छ । कोरियामा रहेका अवैध नेपाली कामदारलाई नेपाल सरकारले फिर्ता ल्याए वैधानिक रूपमा आफूहरुसहित हजारौं नेपाली जान सक्ने अवस्था रहेको सुझाव पनि युवाहरुले दिए । आफ्ना माग सुनवाई नगरे ईपीएस कार्यालय, श्रम मन्त्रालयमा तालाबन्दी गर्ने चेतावनी दिँदै अझै वास्ता नगरे आमरण अनसन बसेर प्राण त्याग्न आफुहरु तयार रहेको चेतावनी दिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४