शिविरभित्रै लडाकुको नारावाजी

२६ चैत्र २०६८, आईतवार १८:४३ मा प्रकाशित

विराटनगर, २६ चैत । मोरङको टाँडीस्थित रन्तसकुन्तल स्मृती विग्रेडमा रहेका माओवादी लडाकुले शिविरभित्र नारावाजी गरेका छन् । सम्मानजनक समायोजन गर्नुपर्ने भन्दै असन्तुष्ट लडाकुको समूहले शिविरभित्रै गएराति एक घण्टा नारावाजी गरेको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।
दर्जा अनुसारको तह मिलान गर, जनमुक्त्ति सेनाको सहि मूल्यांङकन गर, कोषकट्टिको हिसावकिताव पारदर्शी गर भन्दै उनीहरुले नारावाजी गरेका थिए ।
सेना समायोजन विशेष समिति सचिवालयको टोली सहितको वैठकका निर्णय र छलफलप्रति चित्त नवुझेको भन्दै झण्डै १ सय ५० लडाकुहरुले शिविरभित्रै नारावाजी गरेका हुन् ।
टाँडीमा रहेको व्रिगेडमा मोरङ याङशीलाको छिन्ताङ सुखानी स्मृती विग्रेडवाट सारिएका लडाकुहरु समेत छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनी शनिबार दिउसो ४ः ०० बजे

काठमाडौं । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसक्नुपर्छ

काठमाडौँ । भारतीय राजदूत नविन श्रीवास्तव आज काठमाडौंँ आउने भएका छन् । श्रीवास्तव आज अपरान्ह ४ बजे काठमाडौं आउन लागेका

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजनका क्रममा एमालेमै बसेका १० स्थायी कमिटी सदस्यहरुलाई दासको संज्ञा दिएका