‘चीनको अपेक्षा मंसिरमै निर्वाचन’

११ असार २०७०, मंगलवार १६:४३ मा प्रकाशित

काठमाडौ, ११ असार । दुईदिने औपचारिक भ्रमणका लागि सोमबार राजधानी आइपुगेका चिनियाँ स्टेट काउन्सिलर याङ जेइचीले काठमाडौं चक्रपथलाई पूरै सुधार गर्न, पश्चिम सेती परियोजनामा लगानी सहयोग र नेपाल-चीन हवाई सम्पर्क वृद्धिका लागि चीन सकारात्मक रहेको संकेत गरेका छन् । १९ सदस्यीय प्रमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका जेइचीले नेपालमा संविधानसभा चुनाव र संविधान लेखन प्रक्रिया सम्पन्न गर्न जस्तोसुकै सहयोगका निम्ति चीन तत्पर रहेको बताउँदै निर्धारित मितिमा निर्वाचन हुने चीनको अपेक्षा रहेको अभिव्यक्ति दिएका थिए । समकक्षी परराष्ट्र तथा गृहमन्त्री माधव घिमिरेसँग शिष्ट्राचार भेटवार्ता गर्ने क्रममा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । 
चिनियाँ वार्ता टोलीमा याङका साथ परराष्ट्र मामिला उपमन्त्री झाङ येसुई, वाणिज्य उपमन्त्री, सार्वजनिक सुरक्षा उपमन्त्री र चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधि थिए भने नेपालका तर्फबाट नेतृत्वकर्ता माधव घिमिरेका अलावा विभिन्न सात मन्त्रालयका सचिवहरू थिए ।
याङले बुधबार काठमाडौं चक्रपथ सुधार परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । त्यससँगै प्रधानमन्त्री कार्यालयमा दुई देशबीच ुवाइल्याटरल प्रmेमवर्क एग्रिमेन्टु अन्तर्गत चीनले नेपाललाई दिने चुनावी प्राविधिक सहयोग र सशस्त्र प्रहरी बलका लागि एकेडेमी निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ । चीनले चुनावका लागि १० मिलियन युआन अर्थात् १५ करोड रुपैयाँ र सशस्त्रको अत्याधुनिक एकेडेमीका लागि ३ अर्ब ६० करोड रुपैयाँ सहयोग गर्ने भएको पहिले नै सार्वजनिक भइसकेको छ । ।
बुधबार साँझ स्वदेश फर्कने कार्यक्रम बनाएका याङले बुधबारै कार्यवाहक राष्ट्रपति परमानन्द झा र अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि