नक्कली भारु कारोबारी पक्राउ

१० असार २०७०, सोमबार १८:५१ मा प्रकाशित

काठमाडौं, १० असार । प्रहरी प्रधान कार्यालय विषेश व्यूरो तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले नक्कली भारतीय रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विरगंज उपमहानगरपालिका–१५ मुर्ली बस्ने मनोहर गिरी भन्ने रंन्जीत झा, बारा जिल्ला प्रस्टोका–३ घर भई बिरगंज उपमहानगरपालिका–१८ भिष्वा बस्ने रामेश्वर सहनी र पर्सा जिल्ला भेडीयारी– ८ घर भई हाल विरगंज श्रीपुर तेजारथ टोल बस्ने मिथिलेश तिवारी रहेका छन् । 
विषेश सुराकीको आधारमा म्यूजीक किबोर्ड भित्र नक्कली भारतीय रुपैयाँ डिएचएलको पार्सलमा फिटीङ गरी कथित मनोहर गिरीले पाउने गरी कुरीयर गरि नेपाल आउँदै छ भन्ने सूचनाको आधारमा आज बीरगंज महावीर स्थानमा निग्रानी गर्दा सामान रिसीभ गर्न आएका मनोहर गिरी भन्ने रंन्जीत झालाई प्रहरीले नक्कली भारतीय नोट २९ लाख ६५ हजारसहित पक्राउ गरेको थियो ।
सो सामान लिनको लागि बारा जिल्ला प्रस्टोका–३ घर भई बिरगंज उपमहानगरपालिका–१८ भिष्वा बस्ने रामेश्वर सहनीले पठाएको भनि निजले बताएपछि निजलाई समेत पक्राउ गरी सोधपुछ गर्दा १ महीना अगाडिदेखि बनाएको योजना अनुसार उक्त सामान लिन र भनेको ठाउंमा पु¥याई दिनको लागि पर्सा जिल्ला भेडीयारी–८ घर भई हाल विरगंज श्रीपुर तेजारथ टोल बस्ने मिथिलेश तिवारीले भनेको खुल्न आएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको थियो ।
फेलापरेको हजार दरको नोट १ हजार ६ सय ९० थान र ५ सय दरको नोट २ हजार ५ सय ५० थान रहेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले अन्य थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४