क्याम्पसमा तालाबन्दी

१० असार २०७०, सोमबार १६:३९ मा प्रकाशित

काठमाडौं, १० असार । पढाई सुरु भएको दुई महिना वित्दा समेत ‘ड्रइङ'(चित्रकला) विषयको कक्षा सञ्चालन नभएको भन्दै पोखराको लामाचौरस्थित ईन्जिनियरिङ अध्ययन संस्थानका डिप्लोमा दोश्रो वर्षमा अध्ययनरत इलेक्ट्रिकल समुहका विद्यार्थीले अनिश्चितकालिन तालाबन्दी गरेका छन् । विद्यार्थीहरुले सोमबार प्रशासन र परीक्षा शाखामा तालाबन्दी गरेका हुन्। 
कक्षा सञ्चालन गर्न यसअघि बारम्बार क्याम्पस प्रशासनलाई जानकारी गराउँदा पनि वेवास्ता गरेपछि तालाबन्दी गर्नुपरेकोविद्यार्थीहरुको कथन छ ।
क्याम्पस प्रशासनलाई मौखिक रुपमा पटकपटक दबाब दिएपछि १० दिन अघि रुटिन निस्किए पनि शिक्षकको व्यवस्था नभएको गुनासो पनि विद्यार्थीले गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर

काठमाडौँ ।संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच वर्षे कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै