एमाओवादीले निषेधको राजनीति गर्यो : वैद्य

१० असार २०७०, सोमबार १६:१६ मा प्रकाशित

काठमाडौं, १० असार । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको पाल्पास्थित घरमा कुकर बम राखेर तर्साएकै दिन नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले आफूहरु जनयुद्धको मूलधार भएको दाबी गर्दै जनयुद्धको मूलधारलाई निषेध गरेर संविधानसभाको चुनाव हुन नसक्ने अभिव्यक्ति दिएका छन् । एमाओवादीले निषेधको राजनीति गरेर आफूहरुलाई राजनीतिक धारबाट अलग्याउन खोजेको गुनासो पनि वैद्यले गरे । 
राजधानीमा सोमबार आयोजित एक पुस्तक विमोचन कार्यक्रमबीच आन्दोलनरत दलहरुलाई निषेध गरी संविधानसभाको चुनाव गराइए आफूहरुले पनि आन्दोलनको बलमा सडकबाटै जनताको संविधानको घोषणा गर्ने बताउँदै अध्यक्ष वैद्यले तत्कालका लागि चुनावी प्रक्रियालाई रोकेर सबै पक्षसँग वार्ता र छलफल गर्नुपर्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको प्रस्ट्याए।
वैद्यले लोकतन्त्र र विधिको शासनका हिमायती ठान्ने नेपाली कांग्रेस र एमालेले एमाओवादीसँग मिलेर लोकतन्त्र र विधिको शासनलाई ध्वस्त पारेको आरोप लगाए । आफूहरुले अहिलेसम्म चुनावलाई बहिस्कार र हुन नदिने नभनेको भन्दै उनले निषेधको राजनीति जारी राखे चुनाव बहिष्कार र चुनाव हुनै नदिने कडा आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ