समानुपातिकको सिट बढाउने गठबन्धनको निर्णय

१० असार २०७०, सोमबार ०७:५३ मा प्रकाशित

काठमाडौं, १० असार । एनेकपा (माओवादी) नेतृत्वको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले संविधानसभा सदस्य निर्वाचन अध्यादेश संशोधन गर्न माग गरेको छ । एमाओवादी मुख्यालय पेरिसडाँडामा बसेको गठबन्धनको आइतबारको बैठकले संविधानसभालाई समावेशी बनाउन समानुपातिक तर्फको सिट बढाउनुपर्ने र त्यसका लागि ऐन संशोधन गर्नुपर्ने ठहर गरेको हो । बैठकले प्रत्यक्षतर्फको सिट सङ्ख्या ४२ प्रतिशत र समानुपातिकतर्फ ५८ प्रतिशत हुनुपर्ने पहिलेको अडान दोहोर्याउँदै त्यसका लागि ऐन सशोधन गर्नुपर्ने विषयमा छलफल भएको बताइएको छ । त्यसका लागि राजनीतिक सहमति पूर्वसर्त भएको र सहमति भए ऐन सशोधन गर्न कुनै समस्या नहुने गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिहले बताए । सरकारले केही दिन पहिले जारी गरेको ऐनमा प्रत्यक्ष र समानुपातिक ५०–५० प्रतिशत हुने व्यवस्था गरेको छ ।
बैठकले बाहुन क्षत्री, दशनामी सन्यासी, ठुकरीलगायतलाई खस आर्यको रूपमा परिभाषित गरेकामा स्वागत गरेको छ । गठबन्धनले बाढीपहिरो पीडितका लागि राहत र पुनःस्थापनाको काममा जुट्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिएको छ । यस्तै, बाढीपीडितलाई राहत दिन र पुनःस्थापनाको काम युद्धस्तरमा अगाडि बढाउनसमेत सरकारसँग आग्रह पनि गरेको छ । तीर्थयात्राका लागि भारत गएका नेपाली नागरिक भारतको उत्तराखण्ड राज्यका विभिन्न स्थानमा अलपत्र परेको भन्दै उनीहरूको तत्काल उद्धारका लागि भारत सरकारसँग कूटनीतिक पहल गर्नसमेत बैठकले आग्रह गरेको हो।
गठबन्धनको बैठकमा पछिल्लो राजनीतिक अवस्था र संविधानसभाको निर्वाचनको तयारीका सम्बन्धमा भइरहेको काम तथा कारबाहीको विषयमा गठबन्धनका संयोजक एवम् अध्यक्ष पुष्पकमल दाहालले जानकारी गराएको प्रवक्ता सिंहले उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा