सुनचाँदी पसल सुचारु

१० असार २०७०, सोमबार ०७:४२ मा प्रकाशित

रासस, काठमाडौं, १० असार । गएको २९ जेठदेखि आन्दोलनमा रहेका सुनचाँदी व्यवसायी र सरकारी प्रतिनिधिबीच वार्तामा सहमति कायम भएपछि आइतबादेखि सुनचाँदी पसलहरु खुलेका छन्। व्यवसायीले सुनचाँदी व्यवसायलाई व्यवस्थित बनाउन मापदण्ड तयार गर्नुपर्ने, त्यसमा सरकारी प्रतिनिधि र व्यवसायीका प्रतिनिधि संलग्न हुनुपर्ने, सुनको मागअनुसारको आपूर्ति बढाउनुपर्नेलगायतका माग गर्दै आएका थिए ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र सुनचाँदी रत्न तथा आभूषण महासङ्घले आन्दोलनको नेतृत्व गरेको थियो । ती दुवै महासङ्घअन्तर्गत करिब १२ हजार व्यवसायी आबद्ध छन् । संयुक्त कार्यदल बनाउने सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिई पसल सुचारु गरिएको सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए ।
यसैबीच बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ५० हजार ५०० र असली चाँदी प्रतितोला रु ८२५ कायम भई कारोबार भएको छ । व्यवसायीले आन्दोलन गर्नुअगावै गत जेठ २८ गते सुन प्रतितोला रु ५३ हजार र चाँदी प्रतितोला रु ८७५ रहेको थियो । महासङ्घका अध्यक्ष शाक्यले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा कमी आएको र करिब १२ दिनदेखि सुन मौज्दात रहेका कारण मूल्यमा कमी आएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

ललितपुर । बैंक तथा वित्तीय संस्थाहरूका लागि कर्जा प्रवाहको आकर्षक क्षेत्र मानिएको शेयर धितो कर्जा घट्न थालेको छ । शेयर

काठमाडौँ। सरकारले नवीकरण दस्तुरमा छुट दिएपछि ४० हजारभन्दा बढी उद्योग कम्पनीले नवीकरण (अद्यावधिक) गराएका छन् । सरकारले लामो समयदेखि नवीकरण

म्याड्रिड । विश्वको पर्यटन महामारीपूर्वको अवस्थामा फर्किन अझै दुई वर्ष लाग्ने विश्व पर्यटन संगठनले जनाएको छ । राष्ट्रसंघीय विश्व पर्यटन

काठमाडौँ । पेट्रोलियम पदार्थको कारोबारबाट चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमको सञ्चित बचत शून्यमा पुगेको छ । विभिन्न शीर्षकमा बचत