किन आउँदैछन् चिनियाँ स्टेट काउन्सिलर ?

१० असार २०७०, सोमबार ०७:३१ मा प्रकाशित

काठमाडौं, १० असार । चिनियाँ स्टेट काउन्सिलर याङ जेइची नेपालको दुई दिवसीय भ्रमणका लागि आज सोमबार काठमाडौं आइपुग्दै छन् । यतिबेला बर्माको यात्रामा रहेका जेइची त्यहाँबाट सोझै नेपाल आउन लागेका हुन् । भोली मंगलबार जेइचीले काठमाडौं चक्रपथ सुधार आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
चिनीयाँ स्टेट काउन्सिलरको यस औपचारिक नेपाल आगमनलाई अर्थपूर्ण रुपमा हेरिएको छ । बताइएअनुसार याङ जेइचीको उपस्थितिमा नेपाल र चीन सरकारबीच द्धिपक्षीय आर्थिक साझेदारी, चुनावमा चीन सरकारले गर्ने प्राविधिक सहयोग र सशस्त्र प्रहरी एकेडेमी निर्माणसम्बन्धि तीन महत्वपूर्ण सम्झौतामा दुई देशका अधिकारीहरुले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
प्रधानन्यायाधिश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम चुनावी मन्त्रिपरिषद गठनभएपछिकै सबैभन्दा उच्चस्तरीय विदेश पाहुनाका रुपमा जेइची नेपाल आउन लागेका हुन् । जेइचीको उपस्थितिमा हुने उल्लेखित सम्झौताबाट वेइजिङले यतिखेर नेपालमा आफूले बढाउँदै लगेको चासो, सक्रियता र सहभागिता अथ्र्याउन खोजेको विश्लेषकहरुको धारणा छ ।
स्मरण रहोस्, केही वर्षदेखि तिब्बतसँग जोडिने नेपालको उत्तरी सीमामा सशस्त्र प्रहरी बलको वलियो उपस्थितिमा जोड दिंदै चीनले सशस्त्र प्रहरी बललाई २ अर्व ५२ करोड रुपैयाँ लागतमा ट्रेनिङ एकेडेमी बनाइदिन लागेको छ ।  सशस्त्र प्रहरीका लागि उपलब्ध गराउने उक्त सहयोग परियोजनालाई कार्यान्वयन गराउने सिलसिला (बहाना ?)मा नेपालसँग जोडिएको समग्र तिब्बती सीमामा आफ्नो गतिविधि बढाउन चीनलाई सजिलो पर्ने कतिपय विश्लेषकहरुको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रिय सभा

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र