सैनिक श्रीमती संघद्वारा बाढीपीडितलाई राहत

९ असार २०७०, आईतवार २२:४५ मा प्रकाशित

काठमाडौं, ९ असार । केही दिनदेखिको अविरल वर्षाका कारण दार्चुला जिल्लाका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट प्रभावित पीडित स्थानियका लागि सैनिक श्रीमती संघले राहत उपलब्ध गराएको छ । सैनिक श्रीमती संघबाट पठाइएको राहत सामाग्री खलङ्गामा आइतबार स्थानिय बाढी पिडितहरुलाई वितरण गरिएको छ । संघले लत्ता कपडा र खाद्य सामाग्री गरी करिव ८५० के.जी. बराबरको राहत सामाग्री दार्चुला पठाएको थियो । उक्त सामाग्रीहरु संघको तर्फबाट दार्चुलास्थित श्री शत्रुभञ्जन गुल्मले वितरण गरेको सैनिक जनसम्पर्क कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ

काठमाडाैँ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको