कोरियामा अवैधानिक नेपाली कामदार पक्राउ शिलशिला जारी

९ असार २०७०, आईतवार २०:५० मा प्रकाशित

सोल, ९ असार । दक्षिण कोरियामा अनाधिकृत रुपले बस्दै आएका अवैधानिक नेपाली नेपाली कामदारहरु कार्यरत औधोगीक क्षेत्रबाटै पक्राउ परेका छन् । यसै हप्तामात्र सयौको संख्यामा नेपाली कामदारहरु पक्राउ परेको दक्षिण कोरियास्थित नेपाली समुदायको दावी छ । कोरियास्थित नेपाली समुदायले दिएको जानकारी अनुसार दक्षिण कोरियाको अध्यगमन विभागका कर्मचारीहरुले शनिबार राति ८ बजे ओसान शहरमा रहेको किरात याक्थुङ चुम्लुङको कार्यलय घेराउ गरी अनाधिकृत रुपले बस्दै आएका अवैधानिक कामदार भएको आरोपमा नारद साम्मेखाम लिम्बु, याम शेर्मा ,प्रेम लिम्बु र शेखर सुब्बालाई पक्राउगरेको छ । कोरियास्थित नेपाली समुदायले दिएको जानकारी अनुसार गएको बिहीबार भोजपुरका कुमार थापा, भरत कार्की ,दुर्गा चौलागाई र खोटाङका श्याम कार्कीलाई पनि एउटै कार्यरत कम्पनी बाटै अनाधिकृत रुपले बस्दै आएको आरोपमा पक्राउ गरेको थियो । दक्षिण कोरियास्थित अध्यागमन विभागको तथ्यांक अनुसार ईपीएसबाट आएका ९ सय र थप ९ सय नेपाली अनाधिकृत रुपले बसिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत