पाकिस्तानमा अज्ञात बन्दुकधारीको गोलि प्रहारबाट हिमाल आरोहण दलका एक नेपाली शेर्पासहित ११ को मृत्यु

९ असार २०७०, आईतवार १९:५९ मा प्रकाशित

काठमाडौं, ९ असार । पाकिस्तानको हिमाल आरोहणमा गएको पर्वतारोहीहरुलाई लक्षित गरी उनीहरु बसेको होटलमा अज्ञात बन्दुकधारीहरुले गरेको गोलि प्रहारबाट आरोहण दलका ११ सदश्यको मृत्यु भएको छ । आक्रमणमा आरोहण दलका सदश्य नेपाली नागरिक सोना शेर्पाको समेत मृत्यु भएको छ । पाकिस्तानी हिमाल आरोहण दलका आठजना नेपाली नागरिक शेर्पाहरु भने सकुशल रहेका छन् ।

पाकिस्तानी सुरक्षा निकायले दिएको जानकारी अनुसार अज्ञात बन्दुकधारीहरुले आइतबार राति १ बजे आरोहण दलका सदश्यहरु बसिरहेकै होटेलमा आएर गोली प्रहार गरी हत्या गरेका हुन् । विश्वकै ९औ उच्च हिमाल आरोहणका लागि आरोही बेस क्याम्पमा अवस्थित एक होटेलमा बसेका थिए । अज्ञात बन्दुकधारीहरुले गोली प्रहारबाट मारिनेहरुमा ५ युक्रेनियन, ३ चिनियाँ र एक लाट्भियन नागरिक रहेका छन् । होटलमा कार्यरत एक पाकिस्तानी सेफको पनि अज्ञात बन्दुकधारीहरुले गोलि प्रहार गरी हत्या गरेका छन् भने एक चिनियाँ नागरिक संयोगले बाँच्न सफल भएका छन् ।

बाँचेका अन्य आठ जना शेर्पा र तीनजना चिनियाँ नागरिक आक्रमणका बेला आरोहणका लागि बाटो बनाउन हिमालतिरै गएकाले बाच्न सफल भएका हुन् ।
आक्रमण लगत्तै पाकिस्तानी सेनाले उद्धार कार्य सुरु गरेको र बाँकी ८ जना शेर्पालाई सुरक्षित स्थानमा लागिएको पाकिस्तानी संचार माध्यमले जनाएको छ ।
आक्रमणमा मारिएका आरोहण दलका सदश्य सोना शेर्पा ३५ वर्षका थिए ।आरोही सोना शेर्पाका पत्नी र दुई छोरा छन् । नेपाली शेर्पाहरुले पाकिस्तानका के-२, जि-१, जी-२ लगायतका हिमालमा आरोहणमा बिदेशी पर्यटकहरुलाई सेवा उपलब्ध गराउदै आएका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर