यस्तो छ रेग्मी सरकारको ‘हनिमुन पिरियड’को उपलब्धि

९ असार २०७०, आईतवार १९:२९ मा प्रकाशित

काठमाडौं, ९ असार । चुनावी प्रयोजनका लागि गत चैत १ गते प्रधानन्यायाधीश खिलराज रेग्मीको नेर्तत्वमा गठन भएको सरकारले सय दिन पूरा गरेको छ । हनिमून पिरियडको संज्ञा दिइने यस अवधिमा हासिल गरिएका उपलब्धि रेग्मी सरकारले आइतबार प्रेस सम्मेलन गरी सार्वजनिक गरेको छ ।
आफ्ना उपलब्धिबारे जानकारी दिन सरकारद्वारा जारी प्रेस विज्ञप्तिमा संवैधानिक निकायमा पदाधिकारी नियुक्तिदेखि निर्वाचन घोषणासम्मलाई उपलब्धिका रुपमा समेटिएको छ भने निर्वाचन आयोगले संशोधनका लागि प्रस्ताव गरेका निर्वाचनसम्बन्धी विभिन्न्न ४ वटा ऐनहरुमा छलफल गरी राय तथा सुझाव संकलन गर्न तत्कालिन संविधानसभामा प्रतिनिधित्व गर्ने विभिन्न ३३ राजनीतिक दलका प्रतिनिधिलाई आमन्त्रण गरी छलफल गरेको पनि सरकारले विशिष्ट उपलब्धीको रुपमा उल्लेख गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘मन्त्रिपरिषद्को पूर्णतासँगै संवैधानिक परिषद्को सिफारिसमा निर्वाचन आयोगमा पदाधिकारी नियुक्ति, विभिन्न संवैधानिक निकायहरुमा प्रमुखहरुको नियुक्ति भएको छ । प्रस्तावित ३ वटा ऐनका संशोधन तथा संविधान सभा सदस्य निर्वाचन अध्यादेश, २०७० मन्त्रिपरिषद्ले सिफारिस गरी राष्ट्रपतिबाट प्रमाणित गरेको छ । यससगै संविधानसभाको निर्वाचनका लागि कानुनी आवश्यकता पूरा भई निर्वाचन वातावरण निर्माण भएको छ ।’
उपलब्धी पुस्तिकामा अध्यादेश सिफारिससंगै सरकारले २०७० मंसिर ४ गते संविधानसभाको निर्वाचन मिति घोषणा गरेको उल्लेख गर्दै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि परिवर्तित जनसंख्या अनुरुप २ सय ४० निर्वाचन क्षेत्र कायम गर्न निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको जनाएको छ ।
सरकारले सम्पत्ति सुद्धिकरण नियन्त्रण र अन्तराष्ट्रिय आतंकवादमा हुने लगानी उपर नियन्त्रण गर्न बनेको कानुनी व्यवस्थालाई थप बलियो र अन्तराष्ट्रिय जगतमा भएको प्रतिबद्धता पूरा गर्ने सम्पत्ति शुद्धिकरण निवारण दोश्रो संशोधन अध्यादेश, २०७० र कसूरजन्य सम्पत्ति तथा साधन रोक्का, नियन्त्रण तथा जफत अध्यादेश, २०७० मन्त्रिपरिषद्ले सिफारिस गरी प्रमाणीकरण भई जारी भएको जनाएको छ । आफ्नो सय दिनको कार्यकालमा समष्टि अर्थतन्त्रका परिसूचकहरु सकारात्मक रहेको सरकारको दाबी छ । ‘बैशाख महिनामा मुद्रास्पिmति दर एक अंक कायम रहेको, विदेशी विनिमय संचिति बढेको, राजस्व असुली बृद्धिदर उत्साहजनक रहेको छ,’ सरकारले भनेको छ, ‘लगानीको वातावरण्ँ सृजना गर्न स्थापना भएको लगानी बोर्डलाई सकृय बनाइएको छ । काठमाण्डौ उपत्यका लगायत देशका विभिन्न स्थानमा सुरु भएको सडक विस्तार कार्यलाई निरन्तरता दिइएको छ ।’ यसैगरी सरकारले लामो समयदेखि कार्यान्वयन गर्न नसकिएको घरायसी प्रयोजनका लागि रातो र व्यवसायिक प्रयोजनका लागि निलो रंगको एलपी ग्यास बिक्री वितरणको कार्य कार्यान्वयनमा ल्याएको तथा मन्त्रिपरिषद्का अध्यक्ष तथा अन्य केही मन्त्री, मुख्य सचिव लगायतका पदाधिकारी सम्मिलित टोलीले २०७० असार ६ गते सुदूरपश्चिमाञ्चलको बाढीग्रस्त जिल्लाहरु दार्चुला, कञ्चनपुर, कैलाली, बर्दिया लगायतका जिल्लाहरुको स्थलगत एवं हवाई निरीक्षण भ्रमण गरी क्षतिको जानकारी लिई उद्धारका कार्य सञ्चालन गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट