रेग्मीको नेतृत्वमा मंसिर ४ मै निर्वाचन हुने सिंहको दाबी

९ असार २०७०, आईतवार १९:११ मा प्रकाशित

काठमाडौं, ९ असार । सामान्यतया राजधानीबाट बाहिर जान गाह्रो मान्ने नेताहरु पनि आजकल विभिन्न बहानामा दुरदराजका जिल्ला धाउन थालेका छन् । पशुपतिको जात्रा सिद्राको व्यापार भन्ने उखान चरितार्थ पार्दै नेताहरु सानोतिनो कार्यक्रमको निम्तो पनि स्वीकार गर्दै जिल्ला पुग्छन् र चुनावी भाषण दिन्छन् । यसै क्रममा नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंह पनि बैतडी पुग्न भ्याए ।
कांग्रेसको जिल्ला सम्मेलन उद्घाटन गर्न शनिबार नै बैतडी पुगेका सिंहले प्रेस यूनियन बैतडीले आइतबार दिउँसो सदरमुकाममा गरेको भेटघाट कार्यक्रममा मन्तव्य दिँदै महामन्त्री सिंहले नेकपा माओवादी लगायतका ३३ दल निर्वाचनमा नआए पनि तोकिएकै मिति मंसिर ४ मा निर्वाचन हुने दावी गरे । उनले निर्वाचन आयोगले तालिका सार्वजनिक गरिसकेको सन्दर्भ उल्लेख गर्दै तोकिएकै मितिमा चुनाव हुने बताए । संविधानसभा विघटनपछि संवैधानिक निकास नहुँदा चार दलले प्रधानन्यायाधीश नेतृत्वको सरकार गठन गर्ने बाध्यता आएको पनि उनले दोहोर्णए र यस बाध्यतालाई बिरोधको हतियार नबनाउन असन्तुष्ट दलहरुसँग आग्रह गरे ।
संविधान सभाको निर्वाचनबाट मात्रै राष्ट्रिय निकास हुने भएकाले चुनावको विकल्प नभएको र रेग्मीकै नेतृत्वमा चुनाव हुने सिंहको कथन थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट