अवैध संघको गतिविधिलाई प्रशासनकै संरक्षण, पाँच दर्जन सवारी साधन बलजफ्ती रोकिए

९ असार २०७०, आईतवार १६:२९ मा प्रकाशित

आरवी गुरुङ, पोखरा, ९ जेठ । प्रमुख जिल्ला अधिकारी यादव प्रसाद कोइरालाको संरक्षणमा सिण्डिकेट सञ्चालन गरिरहेका पोखरा बस ब्यवसायी संघले अर्कै संघ खोलेर सञ्चालन गरिएका ५८ वटा सवारी साधन सञ्चालनमा बलजफ्ती अवरोध गरेका छन् । आफूहरुको सवारी साधन सञ्चालन गर्न रुट नदिएपछि स्थानीय ब्यवसायीहरु मिलेर विन्दवासीनी बस यातायाता ब्यवसायी समिति गठन गरी ५८ वटा यूरो ३ मापदण्डका बातानुकुलित सवारी साधन सञ्चालनमा ल्याएका थिए । 
लामो समयदेखि लगानी गरेर सवारी साधन ल्याए पनि पोखरा बस ब्यवसायी समितिका गुण्डाहरुले सञ्चालन गर्न नदिए पनि आज उनीहरुले पोखरा भित्र सवारी साधन सञ्चालन गरेका थिए । तर प्रमुख जिल्ला अधिकारी कोइरालाले शान्ति सुरक्षा दिनुको साटो उल्टै सिण्डिकेट गर्नेहरुलाई संरक्षण गरेपछि आफूहरुको बस रोकिएको स्थानीय यूवराज खतिवडाले आरोप लगाए । सो विषयलाई लिएर अहिले पोखरको सडक तनावग्रस्त बनेको छ । पीडितहरुले पटक–पटक प्रशासनलाई शान्ति सुरक्षाको लागि गुहारेपनि प्रशासनले उल्टै लखेट्ने काम गरिरहेको खतिवडाको गुनासो छ ।
सर्वोच्च अदालतको आदेशमा सरकारले सबै प्रकारको सिण्डिकेट मुलुक भरीबाट राखेर गर्ने निर्णय भए पनि सरकारकै निकाय जिल्ला प्रशासन कार्यालयका प्रमुखको संरक्षणका अबैध सिण्डिकेट कायम राख्न खोज्नु दुखद भएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४