साउदीस्थित नेपाली दूतावासमा घर फर्कनेको ताँती

९ असार २०७०, आईतवार ११:५० मा प्रकाशित

काठमाडौं, ९ असार । साउदी अरवमा अवैध रुपले रहँदै आएका नेपाली कामदारलाई साउदी सरकारले आममाफी घोषणा गरेको लामो समय बितेपछि आप्रवासी नेपाली महिलाहरु घर फर्कन रियादस्थित नेपाली राजदूतावासको शरणमा पुग्न थालेका रियादस्थित नेपाली दूतावासले जनाएको छ । जुलाई ३ अघि नै स्वेदश फर्कन रोजगारदाताको घरबाट भागेर झण्डै सयको संख्यामा महिलाहरु राजदूतावासको शरणमा पुगेका बताइएको छ । साउदी सरकारले नेपालीलाई घर फर्किन दिएको म्याद समाप्त हुन अब नौ दिन मात्र बाँकी छ ।
मानसिक सन्तुलन गुमाएकी एक, गर्भवती दुई र एक शिशुकी आमासहित नब्बेभन्दा बढी महिला दूतावासको शरणमा पुगेको राजदूत उदयराज पाण्डेले जानकारी दिएका छन् । उनीहरुलाई नेपाली दूतावासले नै खान, बस्न र औषधी उपचार सेवा उपलब्ध गराएको छ। राजदूत पाण्डेका अनुसार धेरैजसो महिला भागेर आएकाले बेखर्ची छन्। नेपालको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले गैरकानुनी रुपमा आएकालाई सहयोग नगर्ने भएकाले समस्या छ। बेखर्ची महिलालाई स्वदेश फर्काउन साउदीमा रहेका सामाजिक संघ–संस्था र व्यक्तिको सहयोग लिने गरिएको छ। साउदी सरकारले जुलाई ३ सम्मका लागि घोषणा गरेको आममाफी अवधीमै घर फर्कन राजदूतावासमा दैनिक १० देखि १५ जना आउन थालेको राजदूत पाण्डेले जानकारी दिए।
सरकारले साउदीमा नेपाली महिलालाई घरेलु कामदार ल्याउन रोक लगाए पनि वर्षेनी ५ देखि १० हजार महिला भारतको बाटो भएर साउदी पुग्ने गरेका छन् । यसरी जानेको संख्या साउदीमा ५० हजारमाथि रहेको अनुमान छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास