बाढी पीडितका लागि एनआरएनले उठायो एकै दिनमा ६० लाख

९ असार २०७०, आईतवार ०९:५८ मा प्रकाशित

दामोदर नेपाल, जुरिख स्वीट्जरल्याण्ड, ९ असार । स्वीट्जरल्याण्डको जुरिखमा जारी गैर आवासीय नेपाली संघ छैठौं यूरोपियन क्षेत्रीय भेला तथा चौथो महिला क्षेत्रीय सम्मेलनमा पश्चिम नेपालमा गत साता आएको बाढी पीडितको सहयोगार्थ एकै दिनमा करिब ६० लाख नेपाली रुपियाँ सहयोग उठेको छ ।

हालै मात्र दैवी विपत्तीको चपेटामा परेको पश्चिम नेपालको बाढी पहिरोमा परि हजारौं मानिसहरु प्रभावित हुनुका साथै करोडौंको क्षति पुगेको छ । उक्त बाढी पीडितको सहयोगार्थ गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले सम्पूर्ण एनआरएनहरुमा आर्थिक सहयोगको लागि अपील गरेको छ । सोही अपील अनुसार जुरिखमा जारी उक्त भेला तथा सम्मेलनमा सम्मेलन शुरु भएको दिन आजै भेलामा सहभागी एनआरएन आईसिसी पदाधिकारीहरु, एनसिसी पदाधिकारीहरु, विभिन्न व्यक्तित्वहरु तथा एनसिसीहरुका तर्फबाट समेत गरी करिब ६० लाख नगद संकलन भएको हो ।

कार्यक्रमको च्यारिटी शत्रमा भएको छलफलका क्रममा आईसिसीका तर्फबाट अध्यक्ष जिबा लामिछानेले सहयोगको लागि आग्रह गर्नु भएपछि सम्पूर्ण दाताहरुले उक्त सहयोगको उद्घोषण गर्नु भएको हो । नेपालका बाढी पीडितको सहयोगका लागि यो अभियान निरन्तर रहने र बाढी पीडितको सहयोगार्थ सहयोग रकम उठ्ने क्रम अझै जारी रहेको अध्यक्ष जिबा लामिछानेले बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा